१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

सहिद राममनोहरको बलिदानी दिवसको अवसरमा दिप प्रज्वलन

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

अर्जुन साह
विरगंज ,१५ भाद्र । स्वराज आन्दोलनको क्रममा सहित भएका राममनोहर यादवको बलिदानी दिवसको अवसरमा विरगंजमा दिप प्रज्वलन गरिएको छ ।

जनमत पार्टीका जनवर्गीय संगठन समाज कल्याण संघको आयोजनामा विरगंजको घन्टाघरमा दिप प्रज्वलन गरेर स्वराज आन्दोलको प्रथम सहिद राममनोहर यादवको बलिदानी दिवस मनाएको छ ।

समाज कल्याण संघका केन्द्रीय सदस्य सन्तोष शाहको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्क्ष ई बशन्त कुशवाहा रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राष्ट्रिय उपाध्यक्ष ई कुशवाहाले भने, ‘आजको दिन मधेशको इतिहासमा लेखिएको दिन हो ।यो दिनलाई मधेशी जनताले कहिले भुल्ने छैन ।आजकै दिन स्वराज आन्दोलको क्रममा स्व राममनोहर यादवको प्रहरी हिरासतमा हत्या भएको थियो ।उहाँको सपना सहकार गर्नको लागि जनमत पार्टी सदेव अग्रसर रहने छ ।’

त्यसैगरी विशिष्ट अतिथिमा महिला जनमत संघ पर्सा जिल्लाको सहसंयोजक अनिता रौनियार , चन्दन चौहान र अतिथीमा जिल्ला सचिव बिनय यादव, सहसचिव विराजु यादव, विजय चौरासिया र बिद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष राजु राज गिरीले सहित राम मनोहर यादवको बारेमा जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा सहभागी सम्पूर्ण जनाले सहिद राममनोहर यादवको फोटोमा फुलमाला अबिर लागेर श्रद्धाञ्जली अर्पण र दिप प्रज्वलन गरि समापन भएको थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]