१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

भप्सी पुल भत्किदा, पूर्वपश्चिम राजमार्ग अवरुद्ध , रातिदेखि नै हजारौं सवारी साधन सडकमा अलपत्र

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

ओम बिक्रम कुशवाहा, ढल्केवर ।पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ।महोत्तरीको बर्दिवास नगरपालिका स्थित रहेको भप्सी पुल बाढीको कारणले भत्किएको छ।

बुधबार देखिनै लगातार वर्षाले आएको बाढिले पुल भत्किदा महेन्द्र राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको महोत्तरी जिल्ला प्रमुख उमेश ढकालले जानकारी गराएको छ । पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र परेको छ। कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार समेत गरेका हुन । शनिबार बिहान विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सकृयतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।महोत्तरीको १४ नम्बर बजारका केही घरहरुमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका वडा नम्बर ७ का अध्यक्ष फागुनी मगरले बताए ।बर्दिवास नगरपालिका १ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका चार(पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् ।रातिदेखि नै नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।अनलाइन खबरको सहयोगमा लेखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]