२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

प्रादेशिक अस्पतालमा गुण्डागर्दी शैलीमा कुटपिट भएपछि स्वास्थ्यकर्मी त्रसित

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ भाद्र। २ नम्बर प्रदेशको एक  मात्र प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ ।त्यसमापनि गुण्डागर्दी शैलीमा आएर केही युवाहरु एक स्वास्थकर्मीमाथी कुटपिट गरेको छ।

बिहीवार दिउँसो अस्पताल परिसरमै अस्पतालमा स्वास्थकर्मी देवेन्द्र ठाकुरलाई निर्घात रुपमा कुटपिट गरेको प्रत्येक्षदर्शीहरुले बताउछ ।

कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र मुक्काले कुटेका हुन् ।

अस्पताल परिसरमा बिरामीको पुर्जा काट्ने काउण्टर अगाडी उनीमाथि कुटपिट भएको हो । यधपि उनलाई कुटपिट गरेको कारण भने खुल्न सकेको छैन ।

कुटपिटबाट घाइते ठाकुरको सोहि अस्पतालमा उपचार भइरहेको छ । कुटपिट भइरहँदा अस्पतालमा रहेका सुरक्षागार्डहरु मुकदर्शक बनेका थिए ।

अस्पताल परिसरमै गुण्डागर्दी शैलीमा कुटपिट भएपछि स्वास्थ्यकर्मी र चिकित्सकहरु त्रसित भएका छन् ।

उनीहरुले आफुहरु असुरक्षित भएको बताइरहेका छन् ।

कसैले कुनै गल्ती गरेको खण्डमा कानुनी उपचार छँदाछँदै गुण्डा शैलीमा सार्वजनिक संस्था भित्र पसेर कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]