०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रादेशिक अस्पतालमा गुण्डागर्दी शैलीमा कुटपिट भएपछि स्वास्थ्यकर्मी त्रसित

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ भाद्र। २ नम्बर प्रदेशको एक  मात्र प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ ।त्यसमापनि गुण्डागर्दी शैलीमा आएर केही युवाहरु एक स्वास्थकर्मीमाथी कुटपिट गरेको छ।

बिहीवार दिउँसो अस्पताल परिसरमै अस्पतालमा स्वास्थकर्मी देवेन्द्र ठाकुरलाई निर्घात रुपमा कुटपिट गरेको प्रत्येक्षदर्शीहरुले बताउछ ।

कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र मुक्काले कुटेका हुन् ।

अस्पताल परिसरमा बिरामीको पुर्जा काट्ने काउण्टर अगाडी उनीमाथि कुटपिट भएको हो । यधपि उनलाई कुटपिट गरेको कारण भने खुल्न सकेको छैन ।

कुटपिटबाट घाइते ठाकुरको सोहि अस्पतालमा उपचार भइरहेको छ । कुटपिट भइरहँदा अस्पतालमा रहेका सुरक्षागार्डहरु मुकदर्शक बनेका थिए ।

अस्पताल परिसरमै गुण्डागर्दी शैलीमा कुटपिट भएपछि स्वास्थ्यकर्मी र चिकित्सकहरु त्रसित भएका छन् ।

उनीहरुले आफुहरु असुरक्षित भएको बताइरहेका छन् ।

कसैले कुनै गल्ती गरेको खण्डमा कानुनी उपचार छँदाछँदै गुण्डा शैलीमा सार्वजनिक संस्था भित्र पसेर कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]