१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

सन्तानलाई हातमा लिन आतुर प्रियंका

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१८ भाद्र । गर्भवती भएपछि प्रियंकाको चमक नै अर्कै छ। कलाकारिता पनि बहुप्रतिभा भएकी उनी विगत केही महिनायता कला क्षेत्रसँग जोडिएको कुनै पनि बिदामा देखिएकी छैनन्। न उनले म्युजिक भिडियो नै खेलेकी छिन्, न कुनै सार्वजनिक कार्यक्रममा नै देखिएकी छिन्।

गर्भवती प्रियंका अहिले देखिने भनेको सामाजिक सञ्जालमार्फत् हो। यही महिना आमा बन्ने प्रियंका सामाजिक सञ्जालमा आफ्नो तस्बिर राख्नमा उनलाई भ्याइ-नभ्याइ छ। समय-समयमा प्रेग्नेन्सीसँग जोडिएका फोटोसुट र कार्यक्रममा जानमा व्यस्त छिन् उनी। यीसँगै आफ्नो प्रेग्नेन्सीसँग जोडिएका विषयमा आफ्न युट्युब च्यानलमा भिडियो हाल्ने त उनले गरेकै छिन्।

हालसालै प्रियंकाले आफ्नो सन्तान हातमा लिनलाई आतुर रहेको बताएकी छिन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्बिर राख्दै प्रियंकाले सन्तानलाई हातमा लिन दिन गनिरहेको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो सानो मान्छे, तिमीलाई हातमा उठाउन म दिन गनिरहेकी छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]