०९ माघ २०८१, बिहिबार
23-01-2025 , Thu
×

सन्तानलाई हातमा लिन आतुर प्रियंका

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१८ भाद्र । गर्भवती भएपछि प्रियंकाको चमक नै अर्कै छ। कलाकारिता पनि बहुप्रतिभा भएकी उनी विगत केही महिनायता कला क्षेत्रसँग जोडिएको कुनै पनि बिदामा देखिएकी छैनन्। न उनले म्युजिक भिडियो नै खेलेकी छिन्, न कुनै सार्वजनिक कार्यक्रममा नै देखिएकी छिन्।

गर्भवती प्रियंका अहिले देखिने भनेको सामाजिक सञ्जालमार्फत् हो। यही महिना आमा बन्ने प्रियंका सामाजिक सञ्जालमा आफ्नो तस्बिर राख्नमा उनलाई भ्याइ-नभ्याइ छ। समय-समयमा प्रेग्नेन्सीसँग जोडिएका फोटोसुट र कार्यक्रममा जानमा व्यस्त छिन् उनी। यीसँगै आफ्नो प्रेग्नेन्सीसँग जोडिएका विषयमा आफ्न युट्युब च्यानलमा भिडियो हाल्ने त उनले गरेकै छिन्।

हालसालै प्रियंकाले आफ्नो सन्तान हातमा लिनलाई आतुर रहेको बताएकी छिन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्बिर राख्दै प्रियंकाले सन्तानलाई हातमा लिन दिन गनिरहेको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो सानो मान्छे, तिमीलाई हातमा उठाउन म दिन गनिरहेकी छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]