०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

केकीको कविता– ए पुरुष ! नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१९ भाद्र । नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीमध्ये ‘प्रतिभाशाली नायिका’को पहिचान बनाउन सफल छिन् केकी अधिकारी। अभिनयमा जस्तै उनको ‘बौद्धिकता’ विचार, विमर्श र विभिन्न रचनामा पनि देखिन्छ।

फिल्मदेखि म्युजिक भिडियोमा देखिने केकीले आफ्नो ‘बौद्धिकता’ हालसालै आफ्नो एक कवितामार्फत पनि प्रस्तुत गरेकी छिन्। बुधबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘ए पुरुष’ शीर्षकको कविता सार्वजनिक गरेकी छन्।

टिनको, खरको, कंक्रिटको, छानो भएको घरभन्दा अगाडि
मेरो कोख तिम्रो घर थियो
अहंकारले फुल्ने तिम्रो छातीमा पहिलो श्वास त्यहीँ भरेको हुँ।
क्रुर तिम्रा पञ्जाहरुको भाग्यरेखा त्यहीँ कोरेकी हुँ
तिमीले हेर्ने आँखा, तिमी उभिने मेरुदण्ड
र तिम्रा पुरुषार्थका प्रत्येक अंग त्यहीँ भित्र हुर्किएका हुन्

ए पुरुष !
म नारी हुँ!
नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो।

सार्वजनिक भएको कविताको पहिलो अंशमा केकीले भनेकी छिन्।

पार्श्व ध्वनिमा सारंगी र बासुरीको धुनमा कविता बाचन गरिरहेकी छिन् केकी। कविताको विषयवस्तुमा महिलामाथि पुरुषले गर्ने हिंसालाई लिएकी छिन्। कविता वाचनको दृश्यलाई पनि सोही अनुरुप उतारिएको छ।

निस्पट्ट अँध्यारोबीच सारंगी र बासुरीको धुनमा कविता वाचन गरिरहेकी केकीको नयाँ लुक्सले कविताको विषयवस्तुलाई पनि न्याय गरेको छ। ‘बोक्सीको घर’ फिल्मका लागि केकीले केही समयअघि कपाल काटेकी थिइन्।

उक्त कविताको भिडियो निर्देशन तथा सम्पादन श्रर्द्धा प्रसाईंले गरेकी छिन् भने सह–निर्देशन बिम्ब अधिकारीले गरेका छन्। रंग संयोजन माधव बेलबासेले गरेका छन्। भिडियोमा प्रमुख भूमिका खेलेको पार्श्व ध्वनिका लागि रत्न बिकले बासुरीमा साथ दिएका छन् भने सारंगीमा हेमन्त कान्छा रहेका छन्।

आफ्नो कवितामार्फत हिंसा, बलात्कारजस्ता महिलामाथि हुने दुर्व्यवहारविरुद्ध ‘आवाज’ उठाएकी छिन् केकीले। सामाजिक सञ्जालमा आफ्नो कविताबारे जानकारी दिँदै उनले केही दिन अघि लेखेकी थिइन्, ‘अहिलेसम्म लडिरहनु भएका सबैप्रति समर्पित। माफ गर्नुहोला, हामी समाज, राष्ट्र र मान्छेकै रुपमा पनि असफल भइसक्यौं।’

केकी कविताको अन्त्य तिर भन्छिन्,

ए पुरुष शर्म गर
किनकी म तिम्रो पुरुषार्थलाई गिज्याइरहेछु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]