०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

धनुषाको लक्करमा महिला र दलित जनमत संघ गठन

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले वडा वडामा संगठन निर्माण र विस्तारमा नेता कार्यकर्ताहरु लागिपरेको छ ।पछिल्लो समय जनमत पार्टीको संगठन विस्तार तीव्रगतिमा देखेर अरुपार्टीका नेताहरु छक परेका छन ।

यसक्रममा धनुषाको कमला नगरपालिका ५ लक्करमा संगठन विस्तार गरेको छ ।शनिबार एक कार्यक्रम विच दुई संगठन निर्माण गर्नुभएको हो ।पार्टीको जनवर्गीय संगठन अन्तरगत रहेको महिला जनमत संघ र दलित जनमत संघ वडा स्तरीय निर्माण भएको जनमत पार्टी धनुषाका कोषाध्यक्ष किलेश मण्डलले जानकारी दिनुभएको छ ।

सो वडाका ललिता देवी पासवानको नेतृत्वमा २१ सदस्यीय महिला जनमत संघ र राम बाबु पासवानको नेतृत्वमा ११ सदस्यीय दलित जनमत संघ वडा स्तरीय निर्माण गरिएको नेता मण्डलले बताए ।

सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको जनमत पार्टीका केन्द्रीय सदस्य एवं महिला नेत्री रानी पासवानले सम्बोधन गर्दै यस्तो दावी गरेकी छिन् ।

उनले , ‘नपाली कांग्रेस ,एमाले ,माओबादी र राप्रपाले पार्टीहरुले गर्दा देशमा आज एकल जातीय नश्लवादी शासन व्यवस्था कायम भएको दावी गरे ।’ महिला नेत्री पासवानले भने , ‘देशमा रंगभेद, जातीय क्षेत्रिय लैंगिक असमानता, विभेद र उत्पीडन संरचनागत रुपमै संस्थागत भएको बताए ।’

उक्त कार्यक्रममा दलित जनमत संघका केन्द्रीय संयोजक रघुबीर दास विशिष्ट अतिथि रहेको थिए । जनमतपार्टीका धनुषा कोषाध्यक्ष किलेश मण्डल ,महिला जनमत संघ धनुषा संयोजक रेखा मण्डल ,पार्टीका कमला नगरपालिकाका नगर अध्यक्ष मनोज बनरैत ,सचिव उपेन्द्र गोरहान ,पार्टीका नेता बद्री यादव ,पल्टु यादव ,सरोज यादव, हुसेनी मन्सुरीसमेत आतिथ्यमा कार्यक्रम भव्यताका पुर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा वक्ताहरुको भाषण सुनेर विभिन्न पार्टी परित्याग गरेर एक दर्जन नेता तथा कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेको छ ।पार्टी प्रवेश गर्नेहरुलाई अबिर लगाएर स्वागत गरेका छन ।

जनमत पार्टी कमला नगरपालिका ५ का वडा अध्यक्ष राम सागर पासवानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पार्टीका कमला ४ का वडाअध्यक्ष शम्भु महराले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]