१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

यी घुमुवा प्रहरीले डिआईजीको नाममा असुली गर्दै

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ भाद्र । दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले डिआईजीको नाममा असुली धन्दा चलाएको पाइएको छ । प्रदेश प्रहरी कार्यलायबाट पर्साको लागि खटाइएको प्रदेश घुमुवाहरुले चोरी तस्करी रोक्नुकोसाटो असुली धन्दा चलाएर तस्करी र तस्करलाई झन बढावा दिएको पर्सा प्रहरी स्रोत बताउँछ ।

तस्करीको सूचना दिन, सामान पक्राउ गर्न र अपराधीलाई पक्राउ गर्न दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट पर्सा हेर्ने गरि असई प्रमोद सिंह, हवल्दार राजु गुप्ता र सिपाही संजय जैसवाल घुमुवाको रुपमा परिचालन भएका छन् । विगत लामो समयदेखि उनीहरु घुमुवाको रूपमा कार्यरत छन् । त्यसैले पनि ब्यापारीदेखि तस्करसँग उनीहरुको नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् ।

प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई गोप्य सूचना संकलन गरेर चोरी, तस्करी, तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले खटाएको हो । तर, उनीहरु अहिले आफ्नो जिम्मेवारी छाडेर प्रदेश प्रमुख डिआईजी उमेश रञ्जितकारको नाम बेचेर महिनावारी असुलीमा सक्रिय रहेको पर्सा प्रहरी स्रोतको दावी छ ।

त्यतिमात्र होइन उनीहरुले डिआईजीको नाममा पर्साबाट तस्करीको लाईन मिलाइदिएवापत तस्करसँगमात्र नभई सीमाक्षेत्रका इन्चार्जहरुसँग पनि खुलेआम रकम असुल्ने गरिरहेको प्रहरीहरु नै बताउँछन् । असई सिंह, हवल्दार गुप्ता र जयसवालले पर्साको विभिन्न नाकामा व्यापारीहरूलाई तस्करीको लाइन मिलाइदिएर लाखौं उठाई रहेको एक ब्यापारी नै बताउँछन् ।

उनीहरुले कपडाको तस्करी गर्दै आएका हरेन्द्र पटेल, मूख्तार, मुना आलम, ओकील मिया, सुरेन्द्र र नरेश दास तथा किराना समाना ओसार पसार गर्ने बेचु छपकैयालाई लाइन मिलाइदिने काम गरिरहेको ती ब्यापारीले बताए । त्यसैगरी पिकअप र टेम्पुबाट कपडा र हार्डवयरका सामानको तस्करी गर्दै आएका काका भन्ने व्यक्ति तथा हार्डवयरका सामानको तस्करी गर्दै आएका शर्मा जी राजकुमारलाई पनि उनीहरुले लाइन मिलाइदिने र त्यसबापछि लाखौं असुली गर्ने गरेका छन् ।

त्यस्तै युनिलिभरका सामानहरु, स्याउ, चाइनिज इँटा तथा कुखुराको दानादेखि दाँत माञ्ने मञ्जनसम्मको तस्करी गर्दै आएका मुना जयसवाल, रामु जयसवाल, किशोर जयसवाललगायतलाई पनि उनीहरुले लाइन मिलाइदिने गरेको व्यापारीहरु नै बताउँछन् । जयसवालहरु पर्साको मुख्य व्यापारी भएको र प्रहरीकै सेटिङमा तस्करी गरेर सामान भित्र्याउने हुँदा आफूहरुलाई काम गर्न नै अप्ठेरो परेको ती व्यापारीले बताए ।

स्रोतका अनुसार यी व्यापारीहरुसँग घुमुवा प्रहरीहरुले काम अनुसार ५० हजारदेखि ३ लाखसम्म महिनावारी लिने गरेका छन् । प्रदेश कार्यालयका प्रहरीहरुसँगै सेटिङ मिलाउँदै आएका पर्साका व्यापारीहरु खुलमखुल्ला प्रहरी प्रशासनसँग मिलेमतो नगरी तस्करी गर्न सम्भव नभएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]