२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० भाद्र । महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न भएको छ । सोही नगरपालिकाका वडा नम्बर ५ स्थित कटैया बजारमा नगरपालिकाको अधिवेशन शनिबार आयोजना गरिएको थियो ।

उक्त अधिवेशनबाट नगर अध्यक्षमा सत्रोहन सहनी ,उपाध्क्षमा लक्ष्मी देवी ,सचिवमा अरुण साह ,सहसचिवमा अमित शर्मा र कोषाध्यक्ष धिरेन्द्र कुमार सरनलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यमा कालिचरण मण्डल ,भाग्या देवी ,लालबाबु राउत ,शान्ति देवी ,वीर बहादुर साह ,मो .इस्माइल नदाफ ,शिवनाथ पण्डित , हलिमा खातुन र रघुबीर पासवान रहेका छन।

जनमत पार्टीका केन्द्रीय उप महासचिव ई .इन्द्रजित यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथिमा जनमत पार्टीक निर्वाचन प्रमुख एवं केन्द्रीय सदस्य संजय सिंह ,केन्द्रीय सदस्य संजय यादव (स्वराजी ) र सचिवालय सदस्य बलराम मण्डल (सेवक ) रहेको थिए ।

सो नगर अधिवेशनमा जनमत पार्टी महोत्तरीका सचिव बिरेन्द्र मण्डल ,कृष्ण साह ,राम प्रताप महतो सहित जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सत्रोहन सहनीको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको पार्टीका युवा नेता विश्वनाथ चौधरीले न्यूजमधेशलाई जनकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]