३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

डा. सीके राउत पार्टीको विद्यार्थी संगठन विघटन

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० भाद्र । डा . सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ‘विद्यार्थी जनमत संघ’ को केन्द्रीय कार्यकारणी र केन्द्रीय समितिलाई विघटन गरेको छ ।

जनमत पार्टीका केन्द्रीय उप-महासचिव ई .इन्द्रजित यादवले आज एक प्रेस विज्ञप्ति निकालेर जानकारी गराएका छन ।उनले ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी र केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको विज्ञप्तिमा लेखिएको छ ।

विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुमा निर्माण भएका एकाई समिति तत्काल कायमै रहने उप-महासचिव ई .यादवले बताए ।

उनले भने , ‘पार्टीको केन्द्रीय कार्यकारणी समितिको निगरानीमा विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्रमा गठन गरिने बताएका हुन् ।’

त्यसैगगरी हालसम्म प्राप्त नभएका विद्यार्थी संघको सदस्ता ठैली र विभिन्न कलेज र तहमा बनेको समितिहरुको विवरण केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन अनुरोधसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]