२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

डा. सीके राउत पार्टीको विद्यार्थी संगठन विघटन

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० भाद्र । डा . सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ‘विद्यार्थी जनमत संघ’ को केन्द्रीय कार्यकारणी र केन्द्रीय समितिलाई विघटन गरेको छ ।

जनमत पार्टीका केन्द्रीय उप-महासचिव ई .इन्द्रजित यादवले आज एक प्रेस विज्ञप्ति निकालेर जानकारी गराएका छन ।उनले ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी र केन्द्रीय समिति आजैको मितिबाट विघटन गरिएको विज्ञप्तिमा लेखिएको छ ।

विद्यार्थी जनमत संघको जिल्ला तदर्थ समिति र क्याम्पसहरुमा निर्माण भएका एकाई समिति तत्काल कायमै रहने उप-महासचिव ई .यादवले बताए ।

उनले भने , ‘पार्टीको केन्द्रीय कार्यकारणी समितिको निगरानीमा विद्यार्थी जनमत संघको नयाँ केन्द्रीय समिति एक महिना भित्रमा गठन गरिने बताएका हुन् ।’

त्यसैगगरी हालसम्म प्राप्त नभएका विद्यार्थी संघको सदस्ता ठैली र विभिन्न कलेज र तहमा बनेको समितिहरुको विवरण केन्द्रीय सचिवालयमा अविलम्ब बुझाउन अनुरोधसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]