१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

सशस्त्र प्रहरीको पोशाक खरिदमा करोडौं घोटाला

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२० भाद्र । सशस्त्र प्रहरी बलको पोशाक खरिदमा करोडौं घोटाला भएको पाइएको छ ।

महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा यस वर्षभित्र भएका पोशाक खरिद प्रक्रिया र अनियमितताको विषयमा व्यापक घोटाला भएको पाइएको हो।

महालेखाका अनुसार यो वर्ष कार्यालय सामान, जिप, बुट, चुस्ता, स्लिपिङ ब्याग, उद्दार सामग्रीलगायत विभिन्न ३६ वटा बोलपत्र र शिलवन्दी माध्यमबाट खरिद गरिएको छ।

ती मालसामानहरु खरिद गर्न ५५ करोड २४ लाख, ९७ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये ३२ वटा भने सम्झौता अनुसार नै सामान प्राप्त भएको महालेखाले जनाएको छ ।

यस्तै, चुस्ता, फ्लेक्जिबल सिंगल मास्टर अपरेसन्स उपकरण, उनी जर्सी, म्याट्रेस समेत गरि १२ करोड ७८ लाख ६५ हजार मुल्य बराबरको मालसामान अपूर्ति भएको छैन ।

सशस्त्रले खरिद गरेको उक्त सामान सम्झौता अनुसार नभई गुणस्तरहिन भएको समेत पाइएको बताइएको छ।

बोलपत्र तथा शिलबन्दीको माध्यमबाट १३ प्रकारका पोशाक खरिदका लागि ३६ करोड १६ लाख ६४ हजार रुपैयाँको सम्झौता भएको थियो । तर, उक्त रकमले खरिद गरेका सामग्री गुणस्तरमा असफल भएको पाइएको छ ।

त्यस्तै ३ खरिद सम्झौता अनुसारको सामान अहिलेसम्म पनि उपलब्ध नभएको महालेखाले बताएको छ । नियमावली अनुसार सशस्त्र प्रहरी कर्मचारीले नियमानुसार पाउनुपर्ने पोशाक समेत पाएका छैनन् । वर्षमा २ जोर चुस्ता, पीटी जुत्ता वर्षमा १ जोर, उनी कम्बल २ वर्षमा २ थानलगायत सामान सशस्त्र कर्मचारीले पाएका छैनन् ।

महालेखाका अनुसार विगत तीन वर्षमा दरबन्दी अनुसार वितरण गर्नुपर्ने सामान समेत लार्खौको संख्यामा कर्मचारीले पाएका छैनन् ।

जसमा १ लाख ७६ हजार ९ सय ६८ थान तयारी चुस्ता, एक लाख ८ हजार ३ सय ८५ थान जुत्ता, ३८ हजार ६ सय १२ जोर डिएम बुट, ३४ हजार ९ सय ५६ थान पार्क ज्याकेट र ८ प्रकारका ५ लाख ३० हजार परिमाणको सामान अझै नपुग भएको महालेखाले ठहर गरेको छ ।

विगत ३ वर्षदेखि सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल प्रहरी प्रमुख आईजीपी छन् । खनालकै लापरबाहीका कारण शर्त अनुसारको सामग्री प्रहरी कर्मचारीले नपाएको सशस्त्र प्रहरीको उच्च स्रोतले जनाएको छ।

सशस्त्र प्रहरीले नियमावली २०७२ अनुसार विभिन्न ४७ प्रकारका पोशाक तथा सामान पाउने व्यवस्था छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]