१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

नवलपरासीमा नागरिकता विहिन नपाली नागरिकद्वारा प्रदर्शन

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० भाद्र । प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै नवलपरासीमा नागरिकता विहिन नागरिकहरुले प्रदर्शन गरेका छन् ।

जन्मसिद्ध नागरिकता पाएका अभिभावकका सन्तानलाई चाँडो वंशजका आधारमा नागरिकता दिलाउन विधेयक पारित गराउन माग गर्दै नागरिकता विहिनहरुले आइतबार प्रदर्शन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन गएका नागरिकता पीडित युवाहरूले ‘नागरिकता विधेयक पारित गर, हाम्रो पहिचान कायम गर’, ‘हामीलाई नागरिकता खोइ ?’ जस्ता प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

संविधानमा नागरिकतासम्बन्धी व्यवस्था गरिएको भए पनि राजनीतिक कारण देखाउँदै नागरिकता विधेयकलाई अलपत्र पार्न खोजिएको नागरिकता पीडित संघर्ष समिति संयोजक ई.इन्द्रजित साफी बताए ।

जन्मसिद्ध नागरिकता पाएका अभिभावकहरूका सन्तानले जन्मसिद्ध नागरिकता नपाउँदा संवैधानिक अधिकारबाट वञ्चित हुनुपर्दा शिक्षा, स्वास्थ्य, रोजगार मात्र नभएर गाँसबासको अधिकारसमेत हनन भएको उनीहरूले बताएका छन् ।

९ जेठ २०७८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन् ।

नागरिकताको लागि दवाव मुलक र्याली कार्यक्रममा हजारौं नागरिकता विहिन नागरिकहरुको सहभागिता रहेको अभियन्ता ई .इन्द्रजित साफीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]