१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

प्रदेश २ का सिरहाबाट तीन जना फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,२० भाद्र।प्रदेश २ सिरहा जिल्लाको विभिन्न स्थानबाट तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छ्न ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा नम्वर ६ वस्ने २६ वर्षीय संजय कुमार यादव, सिरहाकै लहान नगरपालिका वडा नम्वर २० हरीनगर वस्ने ५८ वर्षीय चन्देश्वर ठाकुर र सिरहाकै भगवानपुर गाउँपालिका वडा नम्वर ४ वस्ने २९ वर्षीय सुर्य भन्ने सुरज रहेका छन् ।

संजय कुमार यादवलाई सिरहा जिल्ला अदालतले २०६५ कार्तिक २८ गते लागूऔषध मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना सुनाएको थियो ।

यस्तै, चन्देश्वर ठाकुरलाई अदालतले २०७३ माघ ११ गते भ्रष्टाचार मुद्दामा १ वर्ष ६ महिना २० दिन कैद र ७ लाख ५५ हजार १ सय ६५ रुपैया जरीवाना फैसाल सुनाएको थियो ।

सुरज यादवलाई अदालतले २०७२ साल भदौ १९ गते कुटपिट मुद्दामा २ वर्ष कैदा फैला सुनाएको थियो ।

आफ्नै गाउँ–घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलिले यादवलाई शुक्रबार पक्राउ गरेको थियो ।

ठाकुर र यादवलाई शनिबार ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत पठाइएको सिरहाका प्रहरी प्रवक्ता सुभाव बुढाथोकिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]