०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

प्रदेश २ का सिरहाबाट तीन जना फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,२० भाद्र।प्रदेश २ सिरहा जिल्लाको विभिन्न स्थानबाट तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छ्न ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा नम्वर ६ वस्ने २६ वर्षीय संजय कुमार यादव, सिरहाकै लहान नगरपालिका वडा नम्वर २० हरीनगर वस्ने ५८ वर्षीय चन्देश्वर ठाकुर र सिरहाकै भगवानपुर गाउँपालिका वडा नम्वर ४ वस्ने २९ वर्षीय सुर्य भन्ने सुरज रहेका छन् ।

संजय कुमार यादवलाई सिरहा जिल्ला अदालतले २०६५ कार्तिक २८ गते लागूऔषध मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना सुनाएको थियो ।

यस्तै, चन्देश्वर ठाकुरलाई अदालतले २०७३ माघ ११ गते भ्रष्टाचार मुद्दामा १ वर्ष ६ महिना २० दिन कैद र ७ लाख ५५ हजार १ सय ६५ रुपैया जरीवाना फैसाल सुनाएको थियो ।

सुरज यादवलाई अदालतले २०७२ साल भदौ १९ गते कुटपिट मुद्दामा २ वर्ष कैदा फैला सुनाएको थियो ।

आफ्नै गाउँ–घरमा लुकिछिपि बस्दै गरेको अवस्थामा प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलिले यादवलाई शुक्रबार पक्राउ गरेको थियो ।

ठाकुर र यादवलाई शनिबार ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत पठाइएको सिरहाका प्रहरी प्रवक्ता सुभाव बुढाथोकिले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]