०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

भौतिक मन्त्री यादवको ठुलो सफलता ,ओम प्रकाश शर्मालाई झट्का

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले ठुलो सफलता हात पारेको छ । उच्च अदालत जनकपुरले सिंचाईको काम गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गर्न आदेश दिएको हो ।

नेपाली काँग्रेसका साँसद ओम प्रकाश शर्मालाई मन्त्रालय बाँडफाटमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर मन्त्रालय टुक्रयाउने क्रममा सिँचाईलाई भौतिक पूर्वाधार मन्त्रालय मातहत राखिएको थियो । सिंचाईलाई भौतिक मन्त्रालय मातहत राख्न नेपाली काँग्रेसकै तर्फबाट मन्त्री बनेका रामसरोज यादवले अडान लिएका थिए ।

नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता समेत रहेका यादवले सिँचाई शर्मालाई छाड्न तयार नभएपछि बिबाद चुलिएको थियो । अदालतले रामसरोजको पक्षमा फैसला गरेको छ ।

मन्त्री शर्मालाई अदालको आदेशले ठुलो झट्का लागेको कांगेसको युवा नेता शैलेन्द्र चौरवारले बताए । ‘आफ्नै पार्टीको मन्त्रीसंग गद्दारी गर्न खोजेपछि अदालतले न्याय दिएको छ । अदालतको आदेशले मन्त्री शर्माको हैसियत देखाएको छ,’उनले भने, ‘मन्त्रीले आफ्नै पार्टीका मन्त्रीसंग प्रतिस्पर्धा गरेपछि विवादको अवस्था आएको थियो ।’

उच्च अदालतमा आइतवार कामु मुख्यन्यायधिश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न नमिल्ने न्यायधिश राज्यलक्ष्मी बज्राचार्यको रायसित सहमती जनाउँदै बहुमतको आधारमा विपक्षीको माग अस्वीकार गरेको छ । मन्त्री शर्माको प्रत्यक्ष हित हुने सो मुद्दा श्यामलाल पासमानले दर्ता गराएका थिए । मालदार मन्त्रालय मानिएको सिँचाईलाई यादवले नछाडने अडानमा कायमै रहेपछि विवाद अदालतसम्म पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]