०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

भौतिक मन्त्री यादवको ठुलो सफलता ,ओम प्रकाश शर्मालाई झट्का

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले ठुलो सफलता हात पारेको छ । उच्च अदालत जनकपुरले सिंचाईको काम गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गर्न आदेश दिएको हो ।

नेपाली काँग्रेसका साँसद ओम प्रकाश शर्मालाई मन्त्रालय बाँडफाटमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर मन्त्रालय टुक्रयाउने क्रममा सिँचाईलाई भौतिक पूर्वाधार मन्त्रालय मातहत राखिएको थियो । सिंचाईलाई भौतिक मन्त्रालय मातहत राख्न नेपाली काँग्रेसकै तर्फबाट मन्त्री बनेका रामसरोज यादवले अडान लिएका थिए ।

नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता समेत रहेका यादवले सिँचाई शर्मालाई छाड्न तयार नभएपछि बिबाद चुलिएको थियो । अदालतले रामसरोजको पक्षमा फैसला गरेको छ ।

मन्त्री शर्मालाई अदालको आदेशले ठुलो झट्का लागेको कांगेसको युवा नेता शैलेन्द्र चौरवारले बताए । ‘आफ्नै पार्टीको मन्त्रीसंग गद्दारी गर्न खोजेपछि अदालतले न्याय दिएको छ । अदालतको आदेशले मन्त्री शर्माको हैसियत देखाएको छ,’उनले भने, ‘मन्त्रीले आफ्नै पार्टीका मन्त्रीसंग प्रतिस्पर्धा गरेपछि विवादको अवस्था आएको थियो ।’

उच्च अदालतमा आइतवार कामु मुख्यन्यायधिश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न नमिल्ने न्यायधिश राज्यलक्ष्मी बज्राचार्यको रायसित सहमती जनाउँदै बहुमतको आधारमा विपक्षीको माग अस्वीकार गरेको छ । मन्त्री शर्माको प्रत्यक्ष हित हुने सो मुद्दा श्यामलाल पासमानले दर्ता गराएका थिए । मालदार मन्त्रालय मानिएको सिँचाईलाई यादवले नछाडने अडानमा कायमै रहेपछि विवाद अदालतसम्म पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]