११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

जसपालाई ठुलो झट्का : उपेन्द्र यादवले राजे लोसपा

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ भाद्र । उपेन्द्र यादवसहित दुई जनाले लोकतान्त्रिक समाजवादी पार्टी राजेका छन् ।

सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा उपेन्द्र यादव र अनार देवी सादाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । यादव र सादा जनकन्नदनी गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । यादव तत्कालिक संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

जसपाले मधेशको मुद्दा छोडेको कारण पालिकामा कमजोर भएको उनको यादवले भने।

मधेशको मुद्दा जसपाले वेवास्ता गरेपछि परित्याग गरेको बताएका छन् । उनका अनुसार पालिकामा १५ प्रतिशतमा पनि मतदता छैन् ।

अगामी निर्वाचनमा कुनै पनि वडामा जसपा आउन नसक्ने लोसपाका नगर संयोजक सुनिल मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]