३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

धनुषाको कमला नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ भाद्र। धनुषाको कमला नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न गरिएको छ ।

सोमबार कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतको अध्यक्षता भएको नगरसभाको नगरपालिका जेष्ठ नागरिक सोभित गोहितमान  प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। पाँचौ नगरसभाबाट करिब पौने ५३ करोड रुपैयाँ बजेट ल्याएको छ ।

कमला नगरपालिकाको नव निर्माणधीन भवनमा राखिएको नगरसभाको खुल्ला सत्रको ५२ करोड ७० लाख ४० हजार ५ सय ९० रुपैयाँ बजेट ल्याएको प्रस्तुत गर्नुभएको छ।

कमला नगरपालिकाभित्र निर्माणधीन एवम् बाँकी रहेको भौतिक पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकतामा राखेर बजेट अनुमान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानले जानकारी दिए ।

सढानका अनुसार, अनुमान गरिएको बजेटमा भौतिक पूर्वाधार नै प्राथमिकता दिनुपर्ने जनप्रतिनीधिहरुको आशयलाई मान्यता दिँदे सोही अनुरुप बजेट अनुमान गरिएको हो । नगरको विभिन्न स्थानमा बाँकी रहेको भौतिक पूर्वाधार यसपाली पूर्णता पाउने अधिकृत सढानले थपे ।

अधिकृत सढानले राजस्व बाँडफाँड, मालपोत राजस्व र सँघीय सरकारको बजेट ८ करोड ९७ लाख २१ हजार रुपैयाँ प्राप्त भएको छ । प्रदेश सरकारको तर्फबाट राजस्व बाँडफाँड तर्फ भने ५० लाख रुपैयाँ बजेट प्रस्तुत गरिएको हो ।

सशर्त अनुदान तर्फ १६ करोड ५८ लाख, समानिकरणमा १२ करोड २० लाख गरी कुल ३८ करोड २५ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो । अधिकृत सढानले कार्यपालिकाको सदस्यहरु लगाउत उपस्थिति नागरिकहरुमा बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारको तर्फबाट वित्तिय समानिकरण तर्फ ८३ लाख ९६ हजार, सशर्त अनुदानमा ८० लाख र विशेष अनुदान तर्फ ३० लाख रुपैयाँ र सम्पूरक अनुदान तर्फ २० लाख गरी कुल २ करोड १३ लाख ९६ हजार रुपैयाँ प्रस्तुत गरिएको हो ।

आन्तरिक श्रोतमा ४९ लाख ६० हजार रुपैयाँ मात्र प्रस्तुत गरिएको छ । गत बर्षको नगरपालिकाको नाममा मौज्दात रहेको १२ करोड ३१ लाख २३ हजार ५९० रुपैयाँ गरी कुल ५२ करोड ७० लाख ४० हजार ५९० को बजेट प्रस्तुत गरिएको हो ।

पाँचौ नगरसभाको क्रममा बोल्दै नगर प्रमुख राम उदगार गोईतले वडाध्यक्ष, वडासदस्यहरुको साकारात्मक सहमतिको आधारमा पाँचौ नगरसभा भएको बताए । उनले नगरसभाको लागि विभिन्न वडाका वडाध्यक्षहरुले मात्र गरेर सम्भव भएको सुनाए ।

वडास्तरीय बजेटको क्रममा प्रत्येक वडालाई ८१ लाख रुपैयाँ बाँडफाँड गरिएको बताइएको छ । गत बर्षको मौज्दात बाँकी राखेर सबै वडालाई ८१ लाख रुपैयाँको दरले वडास्तरीय बजेट विनियोजन गरिएको बताइएको छ ।

नगरपालिकाका लेखापाल सँजीव कुमार महतो, स्वास्थ्य शाखा प्रमुख सत्यनारायण ठाकुर, कृषि शाखा प्रमुख राम भगत यादव, प्राविधिक शाखाका दिपेन्द्र कुमार झा, अविनाश कर्ण, आलेप शाखाका गौत्तम झा, प्रशासकीय अधिकृत खिलराज परियार, ईन्जिनीयर अनन्त केजरिवाल, सूचना तथा रोजगार सँयोजक चन्द्र प्रकाश यादव, पशु शाखा प्रमुख रबिन्द्र कुमार यादव, जिन्सी शाखाका युगलकिशोर यादव लगायत नगरपालिकाभरिका कर्मचारीहरुको उपस्थितिमा पाँचौ नगरसभा सम्पन्न भएको हो।

पाँचौ नगरसभामा वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव, वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नं. ४ का पल्टु कवारी, वडा नं. ५ का शिवा पासवान, वडा नं. ६ का समसुल मियाँ, वडा नं. ७ का वडाध्यक्ष, वडा नं. ८ का राजेश्वर मरिक, वडा नं. ९ का धर्मनाथ मण्डल सहित सबै वडाका वडासदस्यहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]