१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२२ भाद्र । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ ।

नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर बनेको (लोकतान्त्रिक समाजवादी) पार्टी दर्ता भएपछि आयोगले आजसम्म दल रोज्ने मिति तोकेको थियो ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा दल विभाजन गर्न सकिने अध्यादेशमा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्न पाउने व्यवस्था थियो । (एकीकृत समाजवादी) र (लोकतान्त्रिक समाजवादी पार्टी)ले आयोगमा भदौ २ गते दर्ताको दल निवेदन दिएका थिए । सोही अनुसार आयोगले दर्ताको निवेदन आएको मितिदेखिको समय छुट्याएको थियो ।

संघीय सांसदको हकमा भने पार्टी विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिँदा नै एकैपटक सांसदको नामावली र हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।

आयोगका अनुसार आजसम्ममा प्रदेश र स्थानीय तहका जनप्रनिधिले पुरानो दलबाट विभाजित भएर बनेको दल नरोजे पछि रोज्न चाहेमा दल त्याग गरेको ठहरिने छ । र, उक्त दलले कारबाही गर्न सक्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]