०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

राजविराजमा फेरी पीसीआर परीक्षण सुरु

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२२ भाद्र । एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ ।

पीसीआर परीक्षण पुनः सुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण सुरु गरिएको छ ।

यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा नै बन्द गरिएको थियो । एन्टिजेन परीक्षण भने जारी थियो ।

मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले मेसिनमा प्राविधिक गडबडी भएकाले कोरोना भाइरसको स्वाब परीक्षण बन्द रहेको अवस्थामा प्रदेश सरकारले मेसिनलाई मर्मत नगरी अर्को मेसिन नै दिएपछि स्वाब परिक्षण सञ्चालन गरिएको बताउनुभयो । साउन १२ गते पीसीआर मेसिनमा गडबडी हुँदा परीक्षण कार्य नै रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]