१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

जनमतको कार्यकर्ताले गरे क्यान्सर पिडीत शर्मालाई आर्थिक सहयोग

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२२ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले क्यान्सर पिडीत अमृता शर्मालाई आर्थिक सहयोग गर्नुभएको छ।

सोमबार डा राउतको समर्थकहरुको आरजिपि स्वराजी युवा ग्रुपको सहयोगमा क्यान्सर पिडीत अमृता शर्मालाई जनमत पार्टीका नेताहरुले ३१ हजार ६ सय ५५ रुपैया पीडित शर्माको घरमै पुगेर रकम हस्तान्तरण गरेको छ ।

पिडीत अमृता शर्मा अग्निसाईर कृष्णासवरण गाउँपालिका वार्ड नम्बर-५ का स्थानिय स्वमहादेव शर्माकी छोरी हुन् ।

उनको भरतपुर कयान्सर हस्पिटलमा उपचार भइरहेको जनमत पार्टी सप्तरी जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

सहयोग रकम प्रदान गर्न जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द शर्मा मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल र नगर सचिव ललित यादव, युवा जनमत संघ सप्तरी मनोज यादव,समाज कल्याण विभाग सप्तरीका संयोजक संजय यादवसहितका नेता तथा कार्यकर्ताहरु पीडित शर्मालाई रकम हस्तान्तरण गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]