२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनकपुरबाट घुससहित नायब सुब्बा चौधरी अख्तियारको फन्दामा

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिवासको टोलिले धनुषाबाट एक जना नायव सुब्बालाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रसाशन कार्यलय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई रहेको छ ।

नायब सुब्बा चौधरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित क्याम्पस चौकको एक होटलमा सेवाग्राहीसँग ८ हजार ५ सय रुपैया घुस लिदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

सोही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली नायव सुब्बा चौधरीलाई पक्राउ गरेको छ ।

नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए । कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ ।

धनुषामा पछिल्लो समय भ्रष्टाचार बढेपछि अख्तियारका अधिकारीले निगरानी बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]