२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

प्रदेश २ मा ८६६ जना स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरे

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ भाद्र । प्रदेश २ मा जम्मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।

प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् ।

महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् ।

त्यसैगरी सर्लाहीमा १ सय ३७, बारामा १ सय ३८ ,रौतहटमा ८८,पर्सामा २८, सप्तरीमा ९६, सिरहामा १२ र धनुषामा १०९ जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेका हुन् ।

यद्यपि कुन ओहोदाका कति जनप्रतिनिधिले लोसपामा सनाखत गरेको भन्न नमिल्ने प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले बताइन् ।

भोलिसम्म प्रदेशभरका तथ्यांक निर्वाचन आयोगको कार्यालयमा बुझाउने उनले जानकारी दिइन् ।

प्रतिनिधिसभाका १५, प्रदेश २ को प्रदेशसभाका १६, जसापा कार्याकारिणीका १७ सदस्यले लोसपामा सनाखत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]