२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जनमतको केन्द्रिय कार्यकारिणी र केन्द्रिय समितिको बैठक जनकपुरमा बस्ने

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समिती र केन्द्रिय समितीको विस्तारिक बैठक जनकपुरधाममा बस्ने भएको छ ।

जनमत पार्टीका उप महासचिव ई.इन्द्रजित यादवले विशेष परिस्थितिको कारणले पार्टीको कार्यकारिणी समिति र केन्द्रिय समितिको विस्तारित बैठकको मिति परिवर्तन गरेको जनकारी गराउनुभयो।

उप महासचीव ई.इन्द्रजित यादवले बुधबार न्यूजमधेश संग कुरा गर्दै पार्टीको केन्द्रिय कार्यकारिणी समितीकोे बैठक भाद्र २७ गते आइतबारदेखी २८ गते सोमबार सम्मको लागी पार्टीको केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा बस्ने उनले बताए।

त्यसैगरि पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक भाद्र ३० गते बुधबारदेखि ३१ गते बिहीबारसम्म चलिने उपमहासचिव ई।यादवले बताए।

प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम २ भानु चौकस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा केन्द्रिय कार्यकारिणी समितीको बैठक बस्ने भएको छ ।सो बैठकमा कार्यकारिणी समितिका पदाधिकारीहरूको उपस्थिति मात्र रहने छ।

त्यस्तै, केन्द्रीय समितिको विस्तारित बैठकमा निर्वाचित केन्द्रीय सदस्यहरू, पार्टीका विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)को सहभागीता हुने भएको छ।

पार्टीको केन्द्रिय समितिको विस्तारित बैठकमा सहभागीहरुलाई भाद्र २९ गते बेलुका सम्म उपस्थित हुनुपर्ने उप महासचिव ई यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]