२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

आर्थिक अभावमा उपचारबाट बंचित महरालाई जनमतको पहलमा भयो सहयोग

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

मनोज मोरबैता
जनकपुरधाम ,२३ भाद्र। दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ ।

दुई महिना अगाडी मोटरसाइकलबाट दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

महरालाई सहयोग गर्नको लागि विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ कतारले रु ४१ हजार पठाएको थियो ।

उक्त रकम बुधबार जनमत पार्टीका युवा नेता धिरज मण्डल, दलित जनमत संघ धनुषाका उपाध्यक्ष राम दियाल मुखिया, पार्टीको विदेह नगरपालिका ४ का सल्लाहकार इब्राहिम प्रमाणी, स्थानीय छोटन महराले महराको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

उपचार गराउन धेरै समस्या भइरहेको अवस्थामा कहिंकतैबाट सहयोग नभएपछि निराश भएको अवस्थामा जनमत पार्टीका नेताहरुले गरेको सहयोगले आफ्नो उपचार हुने उनले बताए ।

पीडित महराले सहयोग गर्न रकम पठाएको गैर आवासीय मधेशी संघलाई धन्यवाद समेत दिए ।

विपन्न परिवारमा जन्म भएका पिडित अजय महरालाई उपचार गराउन निकै समस्या भइरहेको खबर पाएपिी जनमत पार्टीका नेता कार्यकर्ताहरुले पहल गरेका थिए ।गैर आवासीय मधेशी संघ जनमत पार्टीको भातृ संगठन हुन् ।

संघले विपन्न परिवारहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ईन्जिनियर शम्भुनाथ साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]