१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

कमला किनारका बसिन्दाहरु त्रसित

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

अमर पासवन ,सिरहा । कमला किनारका बसिन्दाहरु त्रसित बनेका छन । अत्यधिक बर्षाका कारण सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वर, ६ बसपिटा, ८ महिसोथ, ३ मखनाहा, ४ रमौल, ५ मानपुर र माडर आदी गाउँमा पानी पसेको छ। सिरहा नगरपालिकाको बिभिन्न स्थानहरुमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको छ । बाढीका कारण सिरहाका बिभिन्न्न गाउहरुमा पानी पसेपछी स्थानीयवासीलाई रात कटाउने चिन्ताले सताएको छ। बाढी घर घरमा पसेपछी सबै घरका समानहरु भिजेका छन भने खान र बस्न समस्या भएको हो ।
धनुषा र सिरहाका जिल्ला प्रशासन कार्यालयले नदी किनरमा रहेका बस्तीहरुमा हाइअलर्ट गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।
यता सिमा वर्ती क्षेत्र जयनगरको कमला पुलमा हाइअलर्ट गरिएका छन । बिहानै देखी कमला पुल माथिबाट पानी बगन थालेएपछी पुलमा आवतजावतमा रोक लगाइएको हो । अत्यधिक बर्षाका कारण पुल माथिबाट पानी बगन थालेको छ ।

जयनगरका प्रशासनले समेत हाइअलर्ट जारी गरिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]