०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

कमला किनारका बसिन्दाहरु त्रसित

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

अमर पासवन ,सिरहा । कमला किनारका बसिन्दाहरु त्रसित बनेका छन । अत्यधिक बर्षाका कारण सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वर, ६ बसपिटा, ८ महिसोथ, ३ मखनाहा, ४ रमौल, ५ मानपुर र माडर आदी गाउँमा पानी पसेको छ। सिरहा नगरपालिकाको बिभिन्न स्थानहरुमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको छ । बाढीका कारण सिरहाका बिभिन्न्न गाउहरुमा पानी पसेपछी स्थानीयवासीलाई रात कटाउने चिन्ताले सताएको छ। बाढी घर घरमा पसेपछी सबै घरका समानहरु भिजेका छन भने खान र बस्न समस्या भएको हो ।
धनुषा र सिरहाका जिल्ला प्रशासन कार्यालयले नदी किनरमा रहेका बस्तीहरुमा हाइअलर्ट गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।
यता सिमा वर्ती क्षेत्र जयनगरको कमला पुलमा हाइअलर्ट गरिएका छन । बिहानै देखी कमला पुल माथिबाट पानी बगन थालेएपछी पुलमा आवतजावतमा रोक लगाइएको हो । अत्यधिक बर्षाका कारण पुल माथिबाट पानी बगन थालेको छ ।

जयनगरका प्रशासनले समेत हाइअलर्ट जारी गरिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]