१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

महिलामाथी दुर्ववहार गरेको आरोपमा विदेहका मेयर बेचन दासलाई कुटपिट

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ भाद्र। कार्यालय सहयोगीसँग कार्यालयभित्रै खुट्टामा मसाज गर्न लगाएर चर्चामा आएका धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासलाई कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।

एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मेयर दासलाई जनकपुरमा कुटपिट गरेको छ। मेयर दासले करिब एक महिनाअगाडि विदेह नगरपालिकाको कार्यालयमै कार्यालय सहयोगीसँग खुट्टा मसाज गर्न लगाएका थिए ।

भदौ २० गते राति जनकपुर उपमहागरपालिका-८ ज्ञानकुप टोलमा एक सांस्कृतिक कार्यक्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवाहरूको समूहले हातपात गरेको स्थानीयहरूले बताएका छन् ।

मेयर दासमाथि हातपात गर्नुका साथै युवाहरूको समूहले मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २-०२-००१ झ ००४३ नम्बरको सरकारी गाडीमा तोडफोडसमेत गरेका थिए ।

मेयर दासले आफूमाथि कसैले हातपात नगरेको र हातपात गरेको सम्बन्धी समाचार पूर्णरुपमा गलत भएको भन्दै आफ्नो बचाउ गरे । उनले भने, ‘आफूमाथि कुनै प्रकारको घटना भएको छैन, हातपातको घटनामा कुनै सत्यता पनि छैन, केही उच्छृङ्खल युवाहरूले मेरो गाडीमा तोडफोड गरेका थिए, त्यसैले मैले चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छु ।’

आफूमाथि हातपातको कुनै प्रकारको घटना नभएको दाबी गर्ने मेयर दासले चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । जाहेरीमा भने उनले आफ्नो सावरीमा तोडफोड भएको मात्र उल्लेख गरेका छन् ।

धनुषाका प्रहरी उपरीक्षक जितेन्द्र बस्नेतले मेयरको गाडीमाथि तोडफोड गर्ने चार जनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।

यता मेयर दासले चारजना युवामाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरू बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेसन गएका थिए ।

उनीहरूले मेयर दासविरुद्ध महिलामाथि अभद्र व्यवहार गरेको जाहेरी दर्ता गराउने प्रक्रिया थालेको स्थानीयहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]