३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

खेतमा जान बाटोको मांग गर्दै सार्वजनिक बाटो घेरेपछी यादव परिवार समस्यामा

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ भाद्र। धनुषाको शहीदनगर नगरपालिका– २ चोराकोइलपुरका भुला यादवले खेतमा जाने निकास नपाएपछि सार्वजनिक सडक नै छेकेका छन् ।

उनले सडकमै बार लगाएपछि छिमेकी प्रदिप यादवको परिवार झन् समस्यामा परेको छ ।

खेतमा जाने बाटो नदिएको भन्दै प्रदीपलाई घर बाहिर निस्किनै नदिन सार्वजनिक बाटोमै भुलाले बार लगाएका हुन् । सोमबार बिहानै भुलाले सडकमा बार लगाएका हुन् ।

त्यसपछि घर बाहिर निस्किन नपाएका प्रदीपले प्रहरी चौकी चोराकोइलपुरमा खबर गरे । तर प्रहरीले कुनै चासो नदिएको उनको गुनासो छ ।

प्रदीपले भने, ‘घरको पछाडि रहेको खेतमा आवत–जावत गर्न बाटोका लागि उनले मेरो निजी जग्गा मागे । मैले अस्वीकार गरेपछि सार्वजनिक बाटो नै घेरेर मलाई समस्यामा पारेका छन् ।’

प्रदीपको घर पछाडि भुलाको साढे ३ कट्ठा जग्गा छ । त्यो जग्गामा जाने बाटो छैन । भुलाले जबर्जस्ती प्रदीपसँग बाटो मागेको र नदिएपछि बलजफ्ती सार्वजनिक बाटो घेरेका छन् ।

कानून बमोजिम कसैले कुनै बहानामा कसैको बाटो छेक्न पाइदैन । कानूनको पालना गराउने प्रहरी भने मुकदर्शक बनेको छ ।

प्रहरी चौकी चोरा कोइलपुरका असई जयनरेश चौधरी भन्छन्, ‘प्रदिपले खेतमा जान पहिले बाटो दिएको थियो । तर पछिल्लो समय बाटो बन्द गरेपछि भुलाले पनि बाटो छेकेका छन् ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिनेश अधिकारीले उक्त घटना विषमा अनभिज्ञता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]