१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

खेतमा जान बाटोको मांग गर्दै सार्वजनिक बाटो घेरेपछी यादव परिवार समस्यामा

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ भाद्र। धनुषाको शहीदनगर नगरपालिका– २ चोराकोइलपुरका भुला यादवले खेतमा जाने निकास नपाएपछि सार्वजनिक सडक नै छेकेका छन् ।

उनले सडकमै बार लगाएपछि छिमेकी प्रदिप यादवको परिवार झन् समस्यामा परेको छ ।

खेतमा जाने बाटो नदिएको भन्दै प्रदीपलाई घर बाहिर निस्किनै नदिन सार्वजनिक बाटोमै भुलाले बार लगाएका हुन् । सोमबार बिहानै भुलाले सडकमा बार लगाएका हुन् ।

त्यसपछि घर बाहिर निस्किन नपाएका प्रदीपले प्रहरी चौकी चोराकोइलपुरमा खबर गरे । तर प्रहरीले कुनै चासो नदिएको उनको गुनासो छ ।

प्रदीपले भने, ‘घरको पछाडि रहेको खेतमा आवत–जावत गर्न बाटोका लागि उनले मेरो निजी जग्गा मागे । मैले अस्वीकार गरेपछि सार्वजनिक बाटो नै घेरेर मलाई समस्यामा पारेका छन् ।’

प्रदीपको घर पछाडि भुलाको साढे ३ कट्ठा जग्गा छ । त्यो जग्गामा जाने बाटो छैन । भुलाले जबर्जस्ती प्रदीपसँग बाटो मागेको र नदिएपछि बलजफ्ती सार्वजनिक बाटो घेरेका छन् ।

कानून बमोजिम कसैले कुनै बहानामा कसैको बाटो छेक्न पाइदैन । कानूनको पालना गराउने प्रहरी भने मुकदर्शक बनेको छ ।

प्रहरी चौकी चोरा कोइलपुरका असई जयनरेश चौधरी भन्छन्, ‘प्रदिपले खेतमा जान पहिले बाटो दिएको थियो । तर पछिल्लो समय बाटो बन्द गरेपछि भुलाले पनि बाटो छेकेका छन् ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिनेश अधिकारीले उक्त घटना विषमा अनभिज्ञता जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]