१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

रौतहटमा मल उपलब्ध गराउन माग गर्दै किसान आन्दोलित

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
रौतहट,२४ भाद्र । उर्वर भूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसान आन्दोलनमा उत्रेका छन।

खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् ।

रौतहटका बजारमा यूरिया मलको अभाव भएको र भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको सामना गर्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरुले प्रदर्शन गरेका छन् ।

सरकारले किसानका समस्याको बारेमा ध्यान नदिँदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढ्दै गएको तथा तराईका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए ।

किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेशसभा सदस्य कुन्दन कुशवाहा भने, ‘किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई पटकपटक अवगत गराए पनि कुनै सुनुवाइ भएको छैन । भन्सारको तथ्यांकले पनि हामी खाद्यान्नमा समेत अन्य मुलुकमा परनिर्भर हुन थालेको पुष्टि गर्छ ।’

किसानहरुले आन्दोलनको पहिलो दिन बुधबार रौतहटमा कृषियन्त्र सहित प्रदर्शन गरेका छन् भने अन्य चरणका कार्यक्रम गर्दै जाने किसान संघर्ष समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]