१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

५० देशमा संगठन रहेको गैर आवासीय मधेशी संघ १२ औँ वर्षमा

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ भाद्र । विश्वभरि छरिएर रहेका मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी संघको स्थापनाको ११ औं वर्ष पूरा गरेर १२ औं वर्षमा प्रवेश गरेको छ।

बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको बेलादेखि नै विदेशमा रहेका मधेशीहरुको लागि सँजीवनीको रुपमा काम गर्दै आएको छ ।

संस्थापक अध्यक्ष वैज्ञानिक डा. सीके राउत रहेको संघमा संस्थापक उपाध्यक्षका ई. बसन्त कुशवाहाले पनि २ कार्यकाल अध्यक्ष सम्हालेका थिए।अहिले अध्यक्षमा ई.शम्भु नाथ साह रहेको छ। स्थापनाको ११ वर्षमा गैर आवासीय मधेसी संघ ५० देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी मधेशी सदस्य रहेका छन्।

मलेसिया र मध्यपूर्वका देशहरुमा सँघका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ। यी देशहरुमा एरिया र कैम्प सम्म समितिहरु बिस्तार समेत गरेका छन्।

एनआरएमएले अन्तर्राष्ट्रीय मंचहरुमा रंगभेद विरूद्ध आवाज़ उठाउदै आईं रहेको छ। मधेश र मधेशीको हकहितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ।

मधेशी बाहुल्य देशहरुमा मधेशका पर्व त्योहारहरु मनाउदै प्रवासमा पनि आफ्नो सभ्यता र सांस्कृतिको संरक्षण गर्दै आई रहेको छ। त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृतिक प्रकोप जस्तै बाढ़, भूकम्पका बेला प्रवासबाट सहयोग, राहत तथा निःशुल्क उपचार सेवाहरु प्रदान गरेका छन्।

मधेशको विकासका लागी यस संगठनले खोज र अनुसंधान समेत गर्दै आई रहेको छ। त्यस अन्तर्गत आधुनिक कृषि, औद्योगिकरण, पर्यटन, बैंकिंग, फ्री जोन एफ़डीआई, सौर्य ऊर्जा, वातावरण संरक्षण इत्यादिका क्षेत्रमा उपलब्धि हासिल गरेका छन्, जुन आउने दिनमा मधेशमा लागू गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, एनआरएमएले प्रवासमा रहेको सबै मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आईरहेको छ। आर्थिक सहयोगदेखि रोज़गार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ।

यसका साथै, बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

खास गरी कोरोना महामारीको समयमा एनआरएमएले हरेक देशमा छुटै उप-समिति मार्फ़त सहयोग र समन्वय जारी राखेको छ। कोरोनाका कारण बिदेशमा थुप्रै कम्पनीहरु बन्द भएका छन्।

जसका कारण हज़ारौको संख्यामा मधेशीहरु समस्यामा परेका छन्।यिनीहरुलाई संगठनले राय, सल्लाह र उद्धारमा सक्रिय भूमिका निर्वाह गरेको छ।

बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ। संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ़दै गरेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]