३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा…!

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

राजु विश्वकर्मा
लहान, २४ भाद्र । लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ ।

घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी रु ३८ लाख ७० हजार ऋण लिनुभएको थियो । तैयबले हालसम्म साहलाई साँबा ब्याजसहित रु ४५ लाख २० हजार बुझाइसक्नुभएको छ । बाँकी रकम चुक्ता गर्न आफू तयार भए पनि साहले जग्गा फिर्ता गर्न नमानेको उहाँ बताउनुहुन्छ । “मेरो पूरै परिवार मानसिक तनाबमा छ”, तैयबले भन्नुभयो ।

साहले तैयबको जग्गा फिर्ता गर्न विभिन्न बहाना बनाउँदै आउनुभएको छ । ऋणबापत लिएको रु ३८ लाख ७० हजारको हालसम्म साहले ब्याजसमेत गरेर रु ८१ लाख हिसाब भएको तैयबलाई सुनाउँदै आउनुभएको छ । आफ्नो जग्गा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता तैयबलाई परेको छ ।

साहसँग धितोमा जग्गा राखेर २०७६ कात्तिकमा रु १२ लाख ऋण लिएका बोदे बर्साइन नगरपालिका–५ कै मदनलाल साह पनि एक वर्षमै ब्याजसहित रु २५ लाख तिर्नुपरेको पीडा सुनाउनुहुन्छ । घर खर्चका लागि १२ कठ्ठा १७ धुर जग्गा साहको नाममा दृष्टिबन्धक लिखत पास गरी रु १२ लाख ऋण लिएको उहाँले बताउनुभयो । “ऋण ब्याजसहित फिर्ता गरिसकेको छु, जग्गा फिर्ता गर्नुको साटो उल्टै साहले मेराविरुद्ध लेनदेनको मुद्दा हाल्नुभएको छ”, मदनलालले भन्नुभयो । ब्याजसहित ऋण चुक्ता गरिसकेकाले जग्गा फिर्ताका लागि गत वर्षदेखि नै साहलाई आग्रह गर्दै आएको उहाँको भनाइ छ ।

यस्तै रु १२ लाख ऋण लिएका सोही वडाका रामप्रसाद खत्बेको अवस्था पनि साहकै जस्तै छ । घर खर्चका लागि साहसँग लिएको ऋण एक वर्षअघि नै चुक्ता गरे पनि जग्गा फिर्ता नपाएको उहाँको गुनासो छ । सप्तरीको शम्भुनाथ नगरपालिका कठौनाका ललिता मण्डल पनि साहकै ऋणका कारण आफ्नो परिवार बिचल्लीमा पर्ने अवस्था आएको बताउनुहुन्छ । श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउन १५ कठ्ठा जग्गा साहको नाममा लिखत पास गरी रु चार लाख ऋण लिएपनि हालसम्म ब्याजसहित रु २५ लाख फिर्ता गरिसकेको मण्डलले बताउनुभयो । “साहले जग्गा फिर्ता गर्न मान्नुभएको छैन”, उहाँले भन्नुभयो, “उल्टै धम्की दिँदै आउनुभएको छ ।”

सप्तरीको खड्क नगरपालिका–६ का छेदीलाल पासवानको पीडा पनि कहालीलाग्दो छ । उहाँले २०७३ सालमा चार कठ्ठा १९ धुर जग्गा साहको नाममा दृष्टिबन्धक पास गरी रु १६ लाख ऋण लिनुभएको थियो । पासवानले ब्याजसहित अहिलेसम्म रु ७६ लाख ६२ हजार तिरिसक्नुभएको छ । सप्तरीका ३० जनाभन्दा बढी साहको ऋणको भारी बोक्दै मानसिक तनाब झेल्दै आएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नहाका ध्रुवनारायण साह, बोदे बर्साइन नगरपालिका–९ देउरीका वीरेन्द्र यादव, शम्भुनाथ नगरपालिका–३ का रमाकान्त चौधरी, खड्क नगरपालिका–८ का बच्चालाल साह, सुरुङ नगरपालिका–४ का सबुर चौधरी, रुपनी गाउँपालिकाका अरबिन्द साह, बोदे बर्साइन नगरपालिकाका मोहमद सौदागर, सतदेव पौदार, मोहमद सागर हुसैन, मोहमद असलमलगायतले साहबाट ऋण लिँदा दुःख पाएका छन् । ऋण चुक्ता गर्दा पनि साहले जग्गा फिर्ता नगर्दा घरबारबिहीन भएको पीडितको भनाइ छ । साहले आफूहरुको जग्गा फिर्ता नगरे कानुनी उपचार खोज्ने उनीहरुले बताएका छन् ।

आरोपित साहले भने आफूले उनीहरुसँग रकम तिरेर जग्गा खरिद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जग्गा किनेको हुँ, अहिले जग्गाको मूल्य बढ्ेकाले लोभ लागेर उनीहरुले जग्गा फिर्ता मागिरहेका छन् ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]