१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

प्रेस जनमत संघको अध्यक्ष साहद्वारा जिल्ला स्तरीय कबड्डी प्रतियोजिताको उद्घाटन

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ भाद्र ।प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष बिपि साहले जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गरेका छ्न।

तीज र चौरचनको अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आयोजित प्रतियोजिताको उद्घाटन एक समारोहका बिच प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले रिवन काटेर गर्नुभएको हो ।

राजदेवी युवा क्लव गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर सेवा समाज धनुषा सबैला नगरपालिकाको संयुक्त आयोजनामा आयोजित प्रतियोजितामा धनुषा जिल्लाभरीका २४ वटा टीम सहभागी रहेको छ ।

उदघाटन कार्यक्रमको प्रमुख अतिथि साहले खेलको माध्यमबाट भाईचारा स्थापना गर्न र युवाहरुलाई कुलतबाट जोगाउने प्रयासहरु हुने पर्ने बताए ।

उनले आगामी दिनमा धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा हुने कुनै पनि खेलकुद कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अतिथि खेलकुद महासंघका केन्द्रीय सदस्य एवं धनुषा जिल्ला अध्यक्ष शत्रुघन मुखियाले मुख्य एम्पायरको भूमिका निर्वाह गर्ने छन् ।

कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, युवा तथा पेसाकर्मीहरुको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म चल्ने खेलमा विजेताहरुका लागि नगद तथा उपहारको व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]