०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सिडियो कार्यलयमा कर्मचारीकै कमजोरीले भौतारिदै सेवाग्राही

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

धर्मेन्द्र कुमार साह
रौतहट, २५ भाद्र। रौतहटको राजदेवी नगरपालिका ४ निवासी भिखारी साह ३ दिनदेखि जिल्ला प्रशासन कार्यालय गौरमा बुहारीको नागरिकता बनाउन भौतारिरहेका छन् । तर कागजी त्रुटिकै कारण उनको नागरिकता बन्न सकिरहेको छैन ।

उनको बुहारी गीता कुमारीको जन्मदर्ता प्रमाण पत्रमा बुवाको नागरिकता नम्बर फरक लेखिएकोले नागरिकता बन्न सकिरहेको छैन । उनको बुवा सत्यनारायण साहको नागरिकता नम्बर ३८३३ भए पनि गीताको जन्मदर्तामा भन्ने बुवाको नागरिकता नम्बर ३३÷०३४÷३५ लेखिएको छ ।

बिक्रम संवत २०५३ चैत्र २६ गतेका दिन तत्कालिन सरमुजवा गाबिस कार्यालयबाट बनाइएका जन्मदर्तामा तत्कालिन कर्मचारीको मानविय भूलको कारण अहिले आएर नागरिकता प्रमाण पत्र बनाउन कठिन बनेको हो ।

भिखारी साह नागरिकता बनाउन दोस्रो दिन बुधबार कार्यालय पुगे । बुहारी नेपालि नागरिक रहेको प्रमाण खुल्ने कागजातसहित तोकिएको ढाँचामा नागरिकता प्रमाण पत्रको लागि निवेदन दिए । तर उनले पेश गरेको कागजातमा गीताको बुवाको छाँया कपि रहेको तर सक्कली नागरिकता नरहेको भन्दै सो निवेदन फिर्ता गरियो । गीताको बुवा सत्यनारायणको नागरिकता भने पहिले नै हराई सकेकोले सोहि दिन सम्पुर्ण प्रक्रिया पु¥याई प्रथम प्रतिलिपि निकालियो । रोचक त के छ भने सोहि दिन सोहि कार्यालयबाट निकालिएको नागरिकता प्रतिलिपिमा सोहि कार्यालयको कर्मचारीको भूलको कारण उनी थप झन्झटमा परे ।

सत्यनारायण साहको बुवाको नाम लखन साह हुनु पर्नेमा लगन साह लेखियो । अब उनलाई वडा कार्यालयबाट लगन साह र लखन साह भन्ने व्यक्ति एकै हो भन्ने सिफारिश ल्याउनु पर्ने भएको छ । साथै गीताको जन्मदर्ता पनि संसोधन गराउनु पर्ने देखिएको छ ।

बिहिवार भिखारी साह जन्मदर्ता संसोधनको लागि बौधिमाई नगरपालिकाको सरमुजवा पुग्दा सचिवले सोमवार मात्रै केहि गर्न सक्ने जवाफ दिएको उनले सुनाए । कार्यालय खुला रहेको र सचिव पनि बिदामा नरहेको अवस्थामा तत्कालै गर्न सकिने कामको लागि पनि भाका सारियो ।

माथि उल्लेखित घटना नेपालको सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृत रुपको एउटा नमुना मात्रै हो ।

दैनिक कैयौँ यस्ता घटनाहरु नागरिकले प्रत्यक्ष सेवा लिने कार्यालयहरुमा देखिने गरिएको छ । कुनै समय कुनै कर्मचारीबाट हुन् गएको भुल वा प्राबिधिक त्रुटिका करण सेवाग्राहीले बर्षौसम्म पनि भौतारी रहनु परेको हुन्छ ।

जन्मदर्ता बनाउने बेला देखि नै सुरु हुने यस्ता त्रुटिहरुको कारण कैयौँ सर्वसाधारण सार्वजनिक निकायहरुमा सेवाको लागि भौतारी रहनु परेको छ ।

बुधवारनै मालपोत कार्यालय गौरमा पनि एक सेवाग्राही आफ्ना नाम खोज्दै भौतारिरहेको देखियो । आफ्नै नाममा परेको फरक सम्बन्धमा उनलाई सोहि दिन थाहा भयो । उनले आफ्नो नाम खुलाउन भ।न्ने चाहेनन् ।

करिब ६० बर्षीय महिला उनको नागरिकता र लालपुर्जामा फरक–फरक नाम लेखिएकोले उनलाईसमेत दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने ब्योहराको पत्र सम्बन्धित वडा कार्यालयबाट लिनु पर्ने थियो । उनले कर्मचारीको भूलको कारण आफुले सास्ती भोग्नु परेको भन्दै गुनासो व्यक्त गरिन् ।

बदलिँदो प्रविधिले आम सर्वसाधारणको समस्या झनै बढाइदिएको छ ।

गौर नगरपालिकामा पञ्जीकरण सम्बन्धि सबै काम अनलाइन गरिन्छ । मन्त्रालयले उपलब्ध गराएको सफ्टवेयरले सीमित समय पछि संसोधन हुन सक्ने बिकल्प दिएको छैन ।

स्थानिय गौर नगरपालिका वडा नम्बर ४ बस्ने ओमप्रकाश साहले आफ्नो छोराको जन्मदर्ताको लागि वडा कार्यालयमा निवेदन दिए । उनको निवेदन अनुसार जन्मदर्ता बनाइयो ।

तर छोराको नाउमा आसिक कुमार साह हुनु पर्नेमा आसिक कुमार पटेल लेखियो । अहिले उनको बिद्यालय भर्नामा समेत समस्या देखिएको छ ।

उनको जन्मदर्ता अनलाईन प्रबिधिबाट बनेको र सो प्रविधिमा संसोधन गर्ने बिकल्प नदिएको हुँदा उनलाई समस्या भएको छ ।

यसरी सार्वजनिक सेवा प्रवाहमा देखिएका कतिपय मानवीय त्रुटिको कारण सेवाग्राहीहरु खेप्नु परेको सास्ती रोक्न सबै जिम्मेवार बन्नु पर्ने देखिन्छ ।

अति भिडभाड, कमजोर प्रबिधि, सीमित कर्मचारी र अति व्यस्तताका कारण सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सकिरहेका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]