०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ भाद्र । धनुषाको विदेह नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्लाको विदेह नगरपालिका ६ एकराहीमा बिहिबार राति स्थानीय पल्टु महराकी ४० वर्षीया पत्नी दलितिया देवी महराको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार ज ७ प ९८१२ नम्बरको मोटरसाइकलबाट पैदल यात्री महरालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गम्भीर घाइते भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]