१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

प्रमुख प्रतिपक्षको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ भाद्र । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।

प्रतिपक्ष सांसदबाट विरोध भइरहँदा सभामुख सापकोटाले तपाईहरुले उठाएका कुरा अदालतमा मुद्दा विचाराधीन रहेको र जनजीवीकासँग जोडिएका यावत् विषय राख्नुपर्ने भएकाले सदन चलाउन सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

सभामुखको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षबाट निरन्तर नारावाजी गर्दै विरोध भइरह्यो । सो बीचमा सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयलाई सदनमा उठाउन बन्देज रहेको बारेमा ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्ष दलको विरोधका कारण गत बुधबारको प्रतिनिधिसभाका तीन वटा बैठक पनि स्थागित भएका थिए ।

अहिले सदनमा प्रतिपक्षको नारावाजी निरन्तर चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]