०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सत्ता साझेदार दलको बैठक जारी

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ भाद्र । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग आज हुने भेटवार्तामा सत्ता साझेदार दलको समान धारणा बनाउन सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवासमा जारी छ ।

बुधबारदेखि सुरु भएको संसद्लाई प्रमुख विपक्षी दलले सहज ढङ्गले सञ्चालन गर्न नदिएको पृष्ठभूमिमा आज अपराह्न पनि दुवै सदनका बैठक भएकाले रणनीतिक ढङ्गले अघिबढ्ने तथा संसदीय गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा आफूहरूबीच विचारविमर्श भएको बैठकमा सहभागी एक नेताले राससलाई बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]