०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमत पार्टीले निकालियो मोटरसाइकल र्याली

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार मोटरसाइकल र्याली निकालेको छ ।

भ्रष्टाचार विरुद्धको नारासहित महोत्तरीको एकडारा गाउँपालिका ४ हलखोरीबाट निकालिएको र्यालीले चकवा ,पर्सा ,भातौलिया ,अजमरपट्टि ,बखरी चौक हुँदै गाउँपालिकाको परिक्रमा गरेको थियो ।

र्‍याली एकडारा, बेला,भागैहिया हुँदै अजगेवा पुगेर कोण सभामा परिणत भएको पार्टीले जनाएको छ ।

मोटरसाइकल र्यालीमा सहभागीले डा सीके राउत जिन्दावाद ,जनमत पार्टी जिन्दावाद ,मधेशी एकता जिन्दावाद ,जनमत दो अधिकार लो,भ्रष्टाचार बन्द गर ,जनता राज कायम गर ,अब कि बार जनमत कि सरकार ,जन जनका नारा है जनमत पार्टी हाम्रा है जस्ता नाराहरु लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टी महोत्तरीका सचिव बिरेन्द्र मण्डलले मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ ।उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’

जनता समाजवादी पार्टीले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनले लगाएको छ।

मधेसी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका जनता समाजवादी र तात्कालिक राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको राउतले बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला उनको कार्यकालमा मन्त्रालयको ५६ अर्ब बजेटमध्ये २२ अर्बको भ्रष्टचार भएको लेखा परीक्षणको रिपोर्टले नै पुष्टि गरिसकेको भन्दै मण्डलले भने,‘उपेन्द्र र उनको पार्टीले भ्रष्टचारी, तस्कर बलात्कारी नेताको संरक्षण गर्दै आइरहेको छ ।’

उनले थपे ,’अब जनमत पार्टीमे मात्र मधेशी जनतालाई अधिकार दिलाउन सक्छ ।’

सो कोणसभामा जनमत पार्टी महोत्तरीका जिल्ला सहसचिव कौशलेन्द्र गिरि ,पार्टीका एकडारा गाउँपालिका प्रमुख सिन्हेश्वर मण्डल ,जनमत पार्टीको गाउँपालिका  ४ वडाअध्यक्ष सरोज कुमार यादव , वडा नम्बर ३का वडा अध्यक्ष बैजु मण्डल, वडा नम्बर २ का वडा अध्यक्ष परमेश्वर यादव र वाडा नम्बर  १ का वडा अध्यक्ष धिरेन्द्र मण्डलले समेत गाउँपालिका र वडामा भैरहेको भ्रष्टाचार विरुद्धमा मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]