२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

इन्द्रदेव यादव बन्ने प्रदेश २ कै उत्कृष्ट सिडियो

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ भाद्र । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा प्रदेश २ को रौतहट जिल्ला प्रथम हुन सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा रौतहट पहिलोे नम्बरमा परेको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो) ईन्द्रदेव यादव कार्यसम्पादनमा विभिन्न कठिनाईका बावजुद प्रथम हुन सफल भएको हो । सुरक्षा लगायतका कार्यसम्पादनमा प्रदेश २ मा पहिलो साथै देशभरका अन्य जिल्लाहरुलाई समेत उछिन्दै कार्यसम्पादनमा १९ औं नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

विभिन्न कठिनाईका बावजुद पनि आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएकोे छ ।

प्रमुख जिल्ला अधिकारी यादवले एक बर्ष अधि मात्र रौतहटको प्रजिअको रुपमा कार्यभार सम्हालेका थिए ।

प्रदेश २ को रौतहट जिल्लाको उत्कृष्ट प्रमुख जिल्ला अधिकारी धोषित भएपछि खुशी व्यक्त गर्दै अगामी दिनमा प्रदेशको उत्कृष्ट मात्र होईन देशकै उत्कृष्ट जिल्ला घोषणाको निमति सहयोग र समन्वयको लागि आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी यादव पनि प्रदेश २ सिरहाका हुन् । यस अघि पनि उनी प्रदेश २ का अन्य जिल्लाहरुका विभिन्न कार्यालयहरुमा उत्कृष्ट एवंम प्रशंसनीय कार्यहरु गर्दै आएका थिए ।

प्रशासनिक ज्ञानमा अब्बल मानिएका प्रमुख जिल्ला अधिकारी यादवलाई एक बर्ष अधि सह सचिवमा उतिर्ण हुँदै प्रदेश २ मा बढी अपराधिक गतिविधि हुने जिल्ला रौतहटकै कार्यभार सम्हाल्न जिम्मेवारी दिएर गृह मन्त्रालयले पठाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]