१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

भ्रष्टाचारी ठहर जीवनाथलाई प्रदेशका मन्त्रीले यस कारण बनाए सल्लाहकार

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ भाद्र । विशेष अदालतले ३ असार २०७२ मा धनुषाका तत्कालिन जिल्ला विकास समितिका सह लेखापाल जीबनाथ चौधरीलाई भ्रष्टाचारी ठहर गरे । भ्रष्टाचार गरेको ठहर गर्दै विगो बमोजिमको रकम रु ६ लाख ७५ हजार असुल गरी ४ महिना कैद सजाय गर्न अदालतले फैसला गरेको थियो ।

चौधरीले उक्त निर्णयबिरुद्व सर्वाेच्च अदालतमा पुनरावेदन गरेका छन् । यो मुद्दा अहिले पनि विचाराधीन नै रहेको छ । तर, यहीं बीचमा प्रदेश २ सरकारको एक मन्त्रालयका सल्लाहकारमा उनी चयन भएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सल्लाहकारमा उनलाई नियुक्त गरिएको छ । मन्त्री रामसरोज यादवले ३० असारदेखि नै उनलाई सल्लाहकारमा नियुक्त गरेको तथ्य बाहिर आएको छ ।

पूर्व राजपालाई हटाएर उपेन्द्र यादवले प्रदेशको सत्तामा कांग्रेसलाई सरकारमा ल्याएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसले पाएको छ । मन्त्री रामसरोज यादव्ले आफ्ना निकटतम मानिएका चौधरीलाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।

अहिलेको मन्त्री रामसरोजले नै जीवनाथलाई जिविसमा जागिर दिएका थिए । रामसरोज जिल्ला विकास समितिका सभिापति भएको बखत जागिर दिएपछि जीवनाथले कांग्रेसका उपसभापति बिमलेन्द्र निधी र रामसरोजका लागि काम गर्दै आएको कांग्रेसीजनको भनाई छ ।

तत्कालिन जिविस धनुषामा भ्रष्टाचार काण्डमा मात्र नभई जीवनाथ अपराधिक काममा पनि संलग्न भएको चर्चा विगतमा भएको छ । १४ माघ २०७४ मा नेपाल तरुण दलका तत्कालिन नगर सभापति प्रकाश मिश्रले जीवनाथले आफूमाथि सांघातिक आक्रमण गरेको बताएका थिए । त्यसबेला उनले पत्रकार सम्मेलनै गरी २ मंसीर २०७४ को राति चौधरीको नेतृत्वमा आफूमाथि हमला भएको बताएका थिए ।

उक्त घट्नालाई जिल्ला अदालतले कुटपिटमा परिणत गरी चौधरीलाई सफाई दिएको बताउँछन् मिश्र । कांग्रेसमा सकृय प्रकाश आफ्नै नेताबाट असुरक्षित भएपछि राजनीति नै छाडेर व्यवसायमा लागेका छन् । भन्छन, ‘म कुनै किसिमको राजनीतिमा छैनौं ।’अहिलेका मन्त्री रामसरोज जिविस सभापति छँदा जीवनाथलाई जागिर दिएभने जीवनाथका परम मित्र संजय साह ‘टकला’ लाई कबाडीको ठेक्का दिएका थिए ।

दुबै मिलेरै काम गरिरहेको अवस्थामा २०६६ सालपछि दुबैबीच एक्कासी दुश्मनी देखिएको जानकारहरु बताउँछन् । २०६६ सालतिरै जीवनाथको घरमा डकैती हुँदा साहले नै गराएको आरोप लाग्यो । दुबैबीचको दुश्मनीका कारण एकले अर्कालाई सिध्याउने प्रयास गरेको जानकारहरुको भनाई छ ।

१८ वैशाख २०६९ मा रमानन्द चोकमा पाँच जनाको ज्यान जानेगरी भएको बमकाण्ड पनि यही दुई जनाको दुश्मनीका कारण भएको थियो । जीवनाथलाई मार्नकै लागि गराइएको बमकाण्डमा दोषी देखिएपछि संजय साह ‘टकला’ जेल जीवन बिताइरहेका छन् । एक दशकअघिसम्म जनकपुरधाममा भएका अपराधिक घट्ना यी दुई जनाकै दुश्मनीका कारण भएको धेरैको बुझाई छ ।

चौधरी भने कांग्रस उप सभापति बिमलेन्द्र निधीका विश्वास पात्र समेत मानिन्छन् । चौधरीको रमानन्द चोकमै सीता प्यालेश होटेल छ ।

प्रदेश २ सरकार आफैं बिभिन्न समयमा बिभिन्न अनियमिततामा मुछिदैं आएको छ । यो सल्लाहकार नियुक्तिले झन् भ्रष्टाचार बढ्ने जनमानसको बुझाई हुन सक्ने कांग्रेसको विद्यार्थी संगठन नेवि संघका केन्द्रीय सदस्य संजीब यादव बताउँछन् ।

अदालतबाट दोषी देखिइसकेका मान्छेलाई राजनीतिक नियुक्त गर्न नहुने बताउँतै उनी प्रदेश सरकार, मन्त्री, मुख्यमन्त्री सबैले सबै कुरा हेरेर यस्ता निर्णय गर्नुपर्नेमा जोड् दिन्छन् उनी ।‘यतिकै राजनीतिमा भ्रष्टाचार बढेको आम जनमानसमा छ’ उनी भन्छन्, ‘यो नियुक्तिले प्रदेशको गतिविधी अझ शंकाको घेराभित्र परेको छ । र, नकारात्मकै असर पर्छ ।’

पार्टीको शिर्ष नेतृत्वले यो कुरालाई मध्यनजर गरेर नियुक्त गरेको भए ठीक हुने बताउँदै उनी यद्यपी शिर्ष नेतृत्वसँग सरसल्लाह छ कि छैन त्यो आफूलाई थाहा नभएको बताए ।

यस्तो नियुक्तिले पार्टीलाई पनि समस्यामा पार्न उनको बुझाई छ । ‘पछिल्लो समयमा कांग्रेस मधेशमा माथि उठिराखेको अवस्था छ’ उनी भन्छन्, ‘यस्ता खाले गतिविधीले पुरै प्रदेशमा असर पार्छ जस्तो लागिरहेको छ ।’

नेकपा एमालेका नेता राजकिशोर यादव भ्रष््टाचारको आरोप लागेका व्यक्तिलाई मन्त्रालयको सल्लाहकारमा राख्नु नकारात्मक कुरा भएको बताउँछन् । उनी यस्तो निर्णंय सच्चयाउँदै पार्टीभन्दा माथि उठेर जनताको हकहितका लागि काम गर्नुपर्ने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]