२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जसपाका १७ प्रदेशसभा सदस्यले लोसपा रोजेपछि निर्वाचन आयोग मान्यता दिए

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ भाद्र। जनता समाजवादी पार्टीका १७ प्रदेशसभा सदस्यले लोकतान्त्रिक समावजादी पार्टी रोजेका छन्। जसपा फुटेर लोसपा गठन भएपछि १७ प्रदेश सांसदले लोसपाका पक्षमा सनाखत गरेका हुन्।

निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको छ।

आयोगका अनुसार प्रदेश २ प्रदेशसभाबाट जसपाका १६ सदस्य र सुदूरपश्चिम प्रदेशसभाबाट एक सदस्यले लोसपाका पक्षमा सनाखत गरेका थिए। उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिइएको आयोगले जानकारी दिएको छ।

जसपा छाडेर लोसपामा सामेल भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरूमा जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, निलमदेवी भुमिहारीन, सुरिता कुमारी साह, जयनुल राइन, अलका कुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पल कुमारी, प्रह्लाद गिरी गोछामी, उपेन्द्र महतो, अभिराम शर्मा, रानी कुमारी तिवारी र जितेन्द्र कुमार सोनार छन्।

यस्तै सुदूरपश्चिम प्रदेशका जसपाका दुई प्रदेशसभा सदस्यमध्ये कृष्णबहादुर चौधरीले लोसपा नेपाल रोजेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]