२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ भाद्र । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको थिए। सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको छ। आइतबारको बैठकमा पनि एमालेले चर्को बिरोध जनाएको छ।

सभामुख सापकोटाले आफू नेपालको संविधान, ऐन, कानून र प्रतिनिधि सभा नियमावली अनुसार नै चलेको भन्दै पटक पटक बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रतिपक्षी सांसदहरुलाई आग्रह गरेका थिए।

प्रतिपक्ष सांसदहरुले वेल घेर्दै संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मूर्दावाद, पदीय मर्यादा कामय गर, संवैधानिक सर्वोच्चता कायम गर, गैरसांसदलाई प्रवेश निषेध गर, पार्टी फुटाउने षड्यन्त्र–मुर्दावाद, यथास्थितिमा संसद चल्न सक्दैन लगायतका नाराबाजी गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]