१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

थारुहरुले असोज ३ गते संविधान जलाउने

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२७ भाद्र।थरुहट थारुवान राष्ट्रिय मोर्चासहित थारु संघसंस्थाहरुले संविधान जलाउने भएका छन्।

उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णयसमेत गरेका छन्। थारुहरुले संविधानलाई अपुरो भएको भन्दै संशोधनको माग उठाउँदै आएका छन्।

थारुहरुको हक अधिकारीलाई वञ्चित गर्नेगरी संविधान जारी भएको थारुहरुको आरोप छ। जसका कारण असोज ३ लाई वर्षेनि कालो दिनको रुपमा थारुहरुले संविधान जलाउँदै आएका छन्।

मोर्चालगायत थारु सम्बद्ध संघसंस्थाले थारु समुदायले उठाउँदै आएको माग मुद्दा सम्बोधन नभएसम्म असोज ३ खुशीयालीको दिन हुननसक्ने बताएका छन्।

मोर्चाले सो दिन बृहत् सभा आयोजना गरी संविधान जलाउने कार्यक्रम आयोजना गर्ने बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]