२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

प्रदेश २ सरकारले चलायो ‘नो मास्क‚ नो सर्भिस’ अभियान

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२७ भाद्र। प्रदेश २ सरकारले कोरोना माहामारीविरुद्ध सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड संक्रमितहरुको संख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्कको प्रयोगमा हेल्चक्र्याइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त अभियान चलाउने निर्णय गरेको हो ।

सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरुमार्फत् विज्ञापन प्रसारण प्रकाशन गराउने निर्णयसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]