११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

मन्त्री बाडफाडमा यादव र भट्टराईबीच लफडा सुरु

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ भाद्र। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मनमुटाब सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनभित्रै सरकारलाई पूर्णता दिनेगरि छलफल बढाएसँगै जसपाका नेताहरु यादव र भट्टराईबीच खटपट सुरु भएको हो ।

स्रोतका अनुसार डा. भट्टराईले यादवलाई सरकारमा नेतृत्व गरेर नजान भनेका छन् । तर, यादव भने आँफै उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालय लिएर सरकारमा जाने तयारीमा छन् ।

यसबारेमा उनले प्रधानमन्त्री देउवालाई पनि जानकारी गराईसकेका छन् । तर, भट्टराई भने यादवलाई सरकारमा नजानको लागि आग्रह गरिरहेका छन् ।

उनले राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादवमध्ये एक जनालाई सरकारको नेतृत्व गरेर पार्टीबाट पठाउनुपर्ने सुझाव दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र जसपाको कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भैरहेको छ । प्रधानमन्त्री देउवाले भने कुनैपनि हालतमा अब ढिलाई नगर्ने भन्दै मन्त्रिपरिषद विस्तारको लागि तत्काल नाम दिन सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भनेका छन् ।

तर, नेकपा (एमाले) ले भदौ १ गते नै निष्कासनको सूचना दिएका माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसद सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले उनीहरुसहित गनेर नयाँ दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओली अदालत गएका थिए ।

यो मुद्दाको फैसला नआएसम्म मन्त्रिपरिषद् विस्तार पनि नहुने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]