१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

विदेश जान घडेरी धितो राखेका युवा एजेन्टबाट ठगिए

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ भाद्र । महोत्तरीको गौशाला नगरपालिका–३ का सुरेन्द्र महरा गाउँमै दैनिक ज्यालादारीको काम गर्थे । यसबाट भएको आम्दानीले जीविका चलाउन गाह्रो भएपछि विदेश जाने सोचाइ बनाए ।

त्यही क्रममा २०७४ सालमा उनको भेट भयो सर्लाहीको धनकौल गाउँपालिकाका राजन भनिने कुन्दन मिश्रसँग । मिश्रले दुबईमा राम्रो काम लगाइदिने विश्वास दिलाए । महराले घडेरी धितो राखेर गत फागुनमा गाउँकै साहूसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिए । त्यसमध्ये १ लाख ३० हजार रुपैयाँ मिश्रलाई दिए ।

महराका अनुसार उनीजस्तै अनिलकुमार महतो, सुनिलकुमार महतो, रामकिशोर मुखियासहित ११ जनाले मिश्रलाई १ लाख ३० हजार रुपैयाँका दरले रकम बुझाएका छन् । तर उनीहरु कोही पनि विदेश जान पाएका छैनन् ।

‘लिएको ऋणको व्याज दिनदिनै बढ्दै गएको छ’ महरा भन्छन्, ‘विदेश गएर श्रम गर्न पाएको भए चुक्ता गर्न सजिलो हुन्थ्यो । अब कसरी चुक्ता गर्ने ?’

महोत्तरी गौशालाकै सुनिलकुमार महतोले पनि २ लाख ऋण लिएर मिश्रलाई १ लाख ३० हजार रुपैयाँ बुझाएका थिए । ‘बाँकी रकम घरमा छोडेर विदेश जाने सपना थियो’ उनी भन्छन्, ‘तर, ती सबै सपना चकनाचुर पारिदिए ।’

ऋण लिएर मिश्रलाई रकम बुझाएलगत्तै लकडाउन शुरु भएको र त्यसपछि आफूहरुले कामसमेत नपाउँदा पेट पाल्नै समस्या भएको उनीहरु बताउँछन् ।

काठमाडौं बोलाएर अलपत्र पारे

एजेन्ट मिश्रले भिसासमेत आइसकेको भन्दै २०७४ फागुनमा पासपोर्ट र पैसा लिएर काठमाडौं बोलाए । २४ फागुनमा महोत्तरीको गौशाला नगरपालिका–३ र औरही नगरपालिका–६ का ११ जना काठमाडौं गए । मिश्रले काठमाडौंको गौशाला बोलाएर उनीहरुसँग रकम लिए । पीडितले रकम दिएको भिडियोसमेत खिचेका छन् ।

पैसा लिएर अब तिमीहरुलाई उडाइदिन्छु भन्दै आफूहरुलाई गौशालामै छाडेर मिश्र गएको पीडित अनिल महतोले बताए । ‘आज आउँछु, भोलि आउँछु भन्दै मिश्र १२ दिनसम्म आएनन्’ महतो भन्छन्, ‘त्यसपछि हामीले गौशाला प्रहरी वृत्तमा उनीविरुद्व उजुरी पनि दियौं । तर, प्रहरीले केही गरिदिएन । बाध्य भएर गाउँ फर्कियौं ।’

महतोका अनुसार मिश्रले एसआर मेनपावर काठमाडौंबाट प्रति महिना १ लाख ८० हजार रुपैयाँ तलव पाउने गरी दुवई पठाइदिने आश्वासन दिएका थिए ।

रकम लिएर लामो समयसम्म विदेश नपठाइदिएपछि र रकम समेत फिर्ता नगरेपछि पीडितहरुले गौशाला नगरपालिकास्थित स्वरोजगार कार्यालय र इलाका प्रहरी कार्यालय गौशालामा मिश्रविरुद्व उजुरी दिएका छन् ।

उजुरी दिएपछि फोन गरेर मिश्रले धम्की दिएको महतोले बताए । ‘अब त एक पैसा पाउँदैनस्, उजुरीले मेरो केही बिगार्दैन’ भनेको महतोले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]