११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

सर्लाहीबाट तीन फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१ असोज। ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा ईश्वरपुर नगरपालिका–६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

तीन अभियुक्तमध्ये कार्कीविरुद्ध जिल्ला अदालत सर्लाहीले चार ठगी मुद्दामा रु ५४ लाख ३४ हजार ८५० र ३८ पैसा बिगो जरिवाना तोकेको छ । कार्की १४ वर्षअघि सुनसरीको एक सहकारीमा ठगी गरेर फरार भएका थिए । अर्का अभियुक्त थापाविरुद्ध दुई ठगी मुद्दा दर्ता भएका छन् । थापालाई अदालतले रु १६ लाख ३१ हजार ४५४ र ४४ पैसा बिगो जरिवानासहित एक वर्ष छ महिना कैद सजाय तोकेको थियो ।

त्यसैगरी वन मुद्दाका अभियुक्त अन्सारीविरुद्ध रु ८९ हजार ६३८ बिगो जरिवाना माग भएको छ । तीनै अभियुक्तलाई गाउँमा लुकेर बसिरहेका अवस्थामा पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]