१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

कमला नदिमा फसेको ९ जनालाई उद्वार गर्न हेलिकप्टर मगाउदै

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

मनोज मोरबैता ,जनकपुरधाम।निरन्तरको अविरल वर्षाछि कमला नदिमा आएको बाढीले धनुषा र सिरहाको सिमामा रहेको निर्माणधिन कमला पुलको ९ जना कामदार बिच नदिमै फसेको छ।

सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित रहेको बरेर्वा बसपिट्टा घाटमा निर्माण भईरहेको कमला पुलमा काम गरिरहेको ९ जना हिजो राती अचानक बाढी आएकोले उनिहरु शुक्रबार नै फसेको स्थानीय देवनन्दन यादवले जानकारी गराएको छ।

करिब २४ घण्टादेखि नै कामदारहरु बाढीमा फसेका उनीहरु हारगुहार लगाएपछि हिजो राति मात्र जानकारी आएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताएको छ।

पूलको काम गरिरहेको अवस्थामै अचानक बाढी आउँदा उनीहरु त्यही ज्यान बचाउनको लागि गुहार गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले उद्घारको लागि पहल थालिएपनि उद्धारमा समस्या भएको जनाएको छ । उद्धार गर्न टोली पठाइएपनि पानीको चाप बढीरहेको कारणले उद्धार गर्न सकेका छैन ।

उद्धार टोलीसहित काठमाडौंबाट हेलिकप्टर उडिसकेको जानकारी प्राप्त भएको छ भने मौसम खराबीका कारण सिरहा आउन समय कति लाग्ने भन्नेबारे भन्न नसकिने प्रजिअ अधिकारीले बताए अनुसार उद्धार टोलीबाट उद्धार हुन नसकेपछि विहानैदखि हेलिकप्टर मगाउँने प्रयासमा छौं, तर मौसम खराबीका कारण आउन सकिरहेको छैन । अहिले त्यहाँबाट उडेको छ, तर मौसम खराब छ, सक्छ–सक्दैन ।

बाढीको जलस्तर झन् बढिरहँदा उद्धारमा कठिनाई भएपछि उनको उद्धारको लागि हेलिकप्टर मगाइने भएको छ । उद्धार गर्ने टोली परिचालन गरिएपनि नदीमा अत्यधिक बाढी रहेका कारण समस्या भएपछि उद्धारका लागि हेलिकप्टर आइरहेको सिडियो अधिकारीले बताएको छ। ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]