२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

‘एमसीसीका कारण गठबन्धन टुट्दैन’ : प्रचण्ड

Logo
प्रकाशित शनिबार, आश्विन ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन्।

शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रमको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए।

‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस्। गठबन्धनमा कुनै किसिमको विवाद छैन। यो गठबन्धन टुट्दैन,’ उनले भने।

प्रचण्डले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]