१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

मधेशभरी जनमत पार्टीले मनाए कालो दिवस ,हेर्नुस फोटोहरु

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषासहित मधेशभरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

जनमत पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरि आज असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको हो ।

जनमत पार्टी कमला नगरपालिकाका नगर कार्यसमितिले श्रद्धाञ्जली कार्यक्रम गरि कालो दिवस मनाएको छ ।भने सहिद नगरपालिकामा मोटरसाइल र्याली निकालेको थिए ।धनुषा जिल्लाको विभिन्न नगरपालिका ,गाउँपालिका ,वडाहरुमा व्लायक आउट गरेर कालो दिवस मानेको हो ।

सिरहाको विभिन्न स्थानमा संविधान संशोधनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

सप्तरीको रुपनी नगरपालिकामा जनमत पार्टीका नेता कार्यकर्ताहरुले २०७२ सालमा जारि भएको संविधान मधेश बिरोधी संविधान गरेको भन्दै संविधानको प्रतिलिमलाई जलाएको छ ।

सुनसरी ,झापा ,मोरंग ,महोत्तरी ,सर्लाही ,बारा ,पर्सा रुपन्देही ,कैलाली ,बाँके ,बर्दिया ,कंचनपुर ,नवलपरासीसहित मधेशका जिल्लाहरुमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले संविधानको विरोध विभिन्न विरोधनात्मक कार्यक्रम गरेर कालो दिवसको रुपमा मनाएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राम नारायण साहले बताए ।

उनले भने ‘जब सम्म मधेशीको सम्पूर्ण अधिकार संविधानमा लेख्दैन ,तबसम्म जनमत पार्टीले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने भनेको छ ।’

हेर्नुस फोटोहरु

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]