३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

महोत्तरीको जलेश्वर कारागारबाट १० कैदी रिहा

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
जलेश्वर ,४ असोज । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई आम माफी दिएका हुन ।

जलेश्वर कारागारमा रहेका ९ जना पुरुष र एक जना महिला कैदीबन्दी आइतबार घर फर्केका छन् । रिहा भएकाहरु मध्ये एक महिला तथा चार जना पुरुष कर्तव्य ज्यान मुद्दाका रहेका थिए । पाँच जना सवारी ज्यान मुद्दाका कैदी बन्दी रहेको कारागार प्रमुख गणेश मिश्रले जानकारी दिए ।

रिहा हुनेहरुमा धनुषा जिल्लाको रामलक्षण यादव तथा सुन्दर यादव , दिलिप महतो , र संजय पंडित रहेका छन भने सर्लाही जिल्लाको शैल देवी रहेकी छिन । त्यसै गरि महोत्तरीका रामप्रकाश महरा , धनुषाका सत्यनारायण मुखिया , ज्ञान बहादुर छ्याछ्यापे (मगर ) , महोत्तरीका महादेव मण्डल तथा कैयुम नदाफ आईतबार कारागारबाट विदा भएका हुन ।

उनीहरुलाई फुल माला लगाएर विदा गरिएको जेलर मिश्राले बताए । रिहा हुनेहरुमा डेढ वर्षदेखि ९ वर्ष सम्मको सजाय काटेका कैदीबन्दीहरु रहेको मिश्रले जनाए ।जनकपुर टुडेमा छापिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]