१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

संविधानमा संशोधन आवश्यक छः मेयर साह

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए ।

हिमाल, पहाड र तराईका मधेशी आदिवासि जनजाति, थारु, मुस्लिम अझै पनि अधिकारबाट बञ्चित छन् । मेयर साहले जसपाको आयोजनामा मुलुकको विभिन्न जिल्लाहरुमा संविधान संशोधनमा बहश सुरु हुनु नै परिवर्तनको पहिलो कदम रहेको बताए ।धैर्यका साथ संघर्ष गर्दै जाने हो भने संविधानको पुर्नलेखन समेत हुने दिन नआउने भन्न नसकिने उल्लेख गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानबाट संघीयता ,समावेशीता लगायतका उपलब्धिहरु समाप्त पार्न विभिन्न शक्तिहरु चलखेलमा लागेकोले प्राप्त उपलब्धि जोगाउनु अहिलेको मुख्य चुनौती रहेको मेयर साहले स्पष्ट पारे ।

जनकपुरधामको धर्तीमा वि.सं.१९९२ ताका रक्तहस्ताक्षर गरेर राणा शासनको विरोध रहेको दृष्टान्त दिंदै मेयर साहले जनकपुरबाटै संविधान संशोधनको लागि नयाँ आन्दोलनको उद्घोष हुनु पर्ने आवश्यकता समेत औंल्याए ।

जिल्ला अध्यक्ष पशुपती यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा साँसद एवं संसदीय दलका उपनेता रामअशिष यादवले संविधानबाट प्राप्त उलब्धीहरुलाई जोगाउनको निम्ति जनता समाजवादी पार्टी नेपाल रोडम्यापका साथ अगाडि बढिरहेको दावी गरे ।

कार्यक्रममा केन्द्रिय सदस्यहरु महाजन यादव , देवेन्द्र यादव , बेचन मुखिया , श्रीचन मुखिया , रामगोविन्द यादव , अरुण सिंह मण्डल, मोहम्मद अब्दुल्लाह शेख , प्रदेश समिति सदस्य शेषनारायण यादव , परिषद सदस्य रामरतन यादव , पुर्व संविधानसभा सभासद उर्मिला साह , प्रदेश समिति सदस्य बिन्दु कमारी यादव, ममता मण्डल, बुद्धिजिवी पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव , प्रदेश समिति सदस्य विजय भगत, लक्ष्मीनियाँ गाँउपालिकाका मेयर विन्देश्वर यादव, युवाका जिल्ला अध्यक्ष दिपेन्द्र कापडी लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]