१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

संविधानमा संशोधन आवश्यक छः मेयर साह

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य लालकिशोर साहले संविधान संशोधन होइन, पुर्नलेखन गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसर पारेर पार्टीको धनुषा जिल्ला कमिटीको आयोजनामा संविधानमा संशोधनको आवश्यकता विषयक कार्यक्रममा बोल्दै साहले संविधानलाई पुर्ण समानुपातिक समावेशी बनाउन संशोधन अपरिहार्य रहेको बताए ।

हिमाल, पहाड र तराईका मधेशी आदिवासि जनजाति, थारु, मुस्लिम अझै पनि अधिकारबाट बञ्चित छन् । मेयर साहले जसपाको आयोजनामा मुलुकको विभिन्न जिल्लाहरुमा संविधान संशोधनमा बहश सुरु हुनु नै परिवर्तनको पहिलो कदम रहेको बताए ।धैर्यका साथ संघर्ष गर्दै जाने हो भने संविधानको पुर्नलेखन समेत हुने दिन नआउने भन्न नसकिने उल्लेख गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानबाट संघीयता ,समावेशीता लगायतका उपलब्धिहरु समाप्त पार्न विभिन्न शक्तिहरु चलखेलमा लागेकोले प्राप्त उपलब्धि जोगाउनु अहिलेको मुख्य चुनौती रहेको मेयर साहले स्पष्ट पारे ।

जनकपुरधामको धर्तीमा वि.सं.१९९२ ताका रक्तहस्ताक्षर गरेर राणा शासनको विरोध रहेको दृष्टान्त दिंदै मेयर साहले जनकपुरबाटै संविधान संशोधनको लागि नयाँ आन्दोलनको उद्घोष हुनु पर्ने आवश्यकता समेत औंल्याए ।

जिल्ला अध्यक्ष पशुपती यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा साँसद एवं संसदीय दलका उपनेता रामअशिष यादवले संविधानबाट प्राप्त उलब्धीहरुलाई जोगाउनको निम्ति जनता समाजवादी पार्टी नेपाल रोडम्यापका साथ अगाडि बढिरहेको दावी गरे ।

कार्यक्रममा केन्द्रिय सदस्यहरु महाजन यादव , देवेन्द्र यादव , बेचन मुखिया , श्रीचन मुखिया , रामगोविन्द यादव , अरुण सिंह मण्डल, मोहम्मद अब्दुल्लाह शेख , प्रदेश समिति सदस्य शेषनारायण यादव , परिषद सदस्य रामरतन यादव , पुर्व संविधानसभा सभासद उर्मिला साह , प्रदेश समिति सदस्य बिन्दु कमारी यादव, ममता मण्डल, बुद्धिजिवी पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव , प्रदेश समिति सदस्य विजय भगत, लक्ष्मीनियाँ गाँउपालिकाका मेयर विन्देश्वर यादव, युवाका जिल्ला अध्यक्ष दिपेन्द्र कापडी लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]