१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहन्छ : महन्थ ठाकुर

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनु भएको छ ।

बीरगञ्जको पकहामैनपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा उहाँले मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले संविधान संशोधन नै आन्दोलनको मुख्य माग भएको पनि बताउनुभयो ।

मधेस आन्दोलनका नेता कार्यकर्तामाथि सरकारले मुद्धा लगाएर विभेद गरेको उहाँको आरोप थियो । तीन वर्षदेखि नागरिकता विधेयक संसदमा अलपत्र अवस्थामा छाडिएको भन्दै ठाकुरले न्यायालयबाट समेत मधेसीलाई विभेद हुने गरेको बताउनुभयो । अर्का नेता राजेन्द्र महतोले देशमा अझै निर्णायक आन्दोलन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]