१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

निर्वाचनमा आफ्नो उमेदवारलाई विजय गराउनुनै हाम्रो पहिलो लक्ष्य हो : डा सीके राउत

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीको पुुुर्ण बैठक कार्यक्रममा सहभागी भएका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

‘आगामी निर्वाचनमा हाम्रा उम्मेदवारीहरु कसरी जित्छ, त्यसको लागि गृह कार्यमा लाग्नुस्, स्थानीय वृद्धवृद्धा, अनुभवी, समाजका अगुवा र वुद्धिजीवीहरुसँग सद्भावपूर्ण समन्वय गर्नुस्’ उनले भने–‘यी सबै पक्षलाई समेटेर हामीलाई अघि बढ्नुछ ।’

उनले सद्भाव राखेर सहानुभुति लिने कोसिसमा लाग्न पनि कार्यकर्ताहरुलाई सुझाव व्यक्त गरे ।

‘जनतालाई तपाईप्रति भरोसा र विश्वास हुनुपर्छ, त्यसकालागि जनताको समस्यालाई हामीले समाधान दिनसक्छौं भन्ने विश्वास दिलाउनुस्’ उनले भने–‘यसमा सहानुभुति, सहकार्य र सद्भाव आवश्यक छ ।’

उनले मधेशी जनताको हक अधिकार सुनिश्चित गर्न जनमत पार्टीलाई भोट हाल्नैपर्ने दावी समेत गरे । जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल (किसान)को अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]