२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

निर्वाचनमा आफ्नो उमेदवारलाई विजय गराउनुनै हाम्रो पहिलो लक्ष्य हो : डा सीके राउत

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

न्यूजमधेश डेस्क
राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीको पुुुर्ण बैठक कार्यक्रममा सहभागी भएका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

‘आगामी निर्वाचनमा हाम्रा उम्मेदवारीहरु कसरी जित्छ, त्यसको लागि गृह कार्यमा लाग्नुस्, स्थानीय वृद्धवृद्धा, अनुभवी, समाजका अगुवा र वुद्धिजीवीहरुसँग सद्भावपूर्ण समन्वय गर्नुस्’ उनले भने–‘यी सबै पक्षलाई समेटेर हामीलाई अघि बढ्नुछ ।’

उनले सद्भाव राखेर सहानुभुति लिने कोसिसमा लाग्न पनि कार्यकर्ताहरुलाई सुझाव व्यक्त गरे ।

‘जनतालाई तपाईप्रति भरोसा र विश्वास हुनुपर्छ, त्यसकालागि जनताको समस्यालाई हामीले समाधान दिनसक्छौं भन्ने विश्वास दिलाउनुस्’ उनले भने–‘यसमा सहानुभुति, सहकार्य र सद्भाव आवश्यक छ ।’

उनले मधेशी जनताको हक अधिकार सुनिश्चित गर्न जनमत पार्टीलाई भोट हाल्नैपर्ने दावी समेत गरे । जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल (किसान)को अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]